आइतबार, मंसिर ९ गते २०८१

नेपाली कलाकारलाई भारतीय चलचित्रमा देख्न चाहन्छु : निर्देशक द्विवेदी

नेपाली कलाकारलाई भारतीय चलचित्रमा देख्न चाहन्छु : निर्देशक द्विवेदी

अखबार दैनिक
सोमबार, चैत २० २०७९
  • नेपाली कलाकारलाई भारतीय चलचित्रमा देख्न चाहन्छु : निर्देशक द्विवेदी

    काठमाडौं । भारतीय चलचित्र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताएका छन्।

    images

    स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तर्क्रियामा उनले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राखे।

    ‘भारतमा विभिन्न देशबाट आएर चलचित्र क्षेत्रमा स्थापित भएका कलाकार प्रशस्तै छन्’, उनले भने, ‘तर नेपाली कलाकारको सङ्ख्या न्यून छ, जबकि हामीबीचको भाषा र संस्कृति धेरै हदसम्म मिल्छ।’

    अभिनेता तथा लेखक समेत रहेका डा द्विवेदीले आफूले निर्माण गर्ने आगामी दुई चलचित्रको अडिसन नेपालमा गर्ने समेत स्पष्ट पारे। उनले ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने बताए।

    उनले धेरै समयअघि भारतीय अभिनेता अमिताभ बच्चनलाई नेपालमा ल्याएर सुटिङ गर्ने योजना बनाएको स्मरण गरे। ‘अमिताभ बच्चनलाई सुटिङ गराउन नेपाल ल्याउनका लागि केही लोकेसन पनि हेरेँ, तर विमानस्थलको भिडले छायांकन गर्न सकिन्न कि भन्ने लाग्यो”, उनले भने, “अहिले आएर म गलत थिए कि भन्ने लागिरहेको छ।’

    उनले आफू सन् २००४ मा नेपाल आएको र चितवनबारेमा भारतीय चलचित्रमा उल्लेख गरेको बताए। डा. द्विवेदी निर्देशित सन् १९९१ मा प्रशारण भएको टेलिशृङ्खला ‘चाणक्य’बाट चर्चा कमाएका थिए। चाणक्यमा उनले लेखन तथा अभिनयसमेत गरेका थिए।

    अन्तर्क्रियामा उनले चलचित्रसम्बन्धी तीन दशक लामो अनुभवका विषयमा चर्चा गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार