बुधबार, मंसिर १२ गते २०८१

‘भाइरल राेड’ले दिएको दोहोरो खुसी

‘भाइरल राेड’ले दिएको दोहोरो खुसी

अखबार दैनिक
आइतबार, चैत १९ २०७९
  • ‘भाइरल राेड’ले दिएको दोहोरो खुसी

    दाङ घना जंगल, जंगल बिचको सडक छेउमा भुइँमा बिछ्याएको बोरामाथि दुईचार पोका चाउचाउ, भुजा, दालमोट, एक कार्टुन जति पानी, दुईचार बटा बटुकामा हरियो खुर्सानी, हरियो धनियाँ र उसिुनेको आलु देखिन्छ ।

    images

    गुलाबी दुपट्टाले टाउको छोपेकी घोराही उपमहानगरपालिका–१२, कलमघारीकी सीता बस्नेत छेउको रातो प्लास्टिकको बाटामा चटपटे बनाउने सुरसारमा छिन् । माध्याह्नको समय घाम चर्किएको छ । सडकमा मान्छेको चहलपहल त्यत्ति देखिँदैन । तर धेरथोर मान्छे घुम्न आउछन् कि भन्ने आश बस्नेतलाई छ ।

    ४६ वर्ष पुगेकी बस्नेत घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारका लागि देशका विभिन्न सहर र गाउँमा मजदुरीका लागि नपुगेकी होइनन् । तर घर छेउ कच्ची सडक ‘भाईरल रोड’ बनेपछि उनलाई मजदुरीका लागि घर छोड्नुपर्ने बाध्यता टरेको छ उनी त्यही सडकमा पानीपुरी, चटपटे, चाउचाउ र पानी बेचेर घरको गर्जाे टार्दै आइरहेकी छन् ।
         
    उनले भनिन्, ‘सडक बनेपछि यहीँ भुइँमा चटपटेको दोकान थापेँ, मजदुरीका लागि घर छोड्नुपर्ने बाध्यता टरेको छ ।’घोराही–हापुर–संक्राम–तुलसीपुर रक्षाचौर आँखा अस्पतालको सडक घोराही–तुलसीपुर जोड्ने वैकल्पिक मार्ग हो । जसको निर्माणको काम आधा सकिएको छ ।

    उक्त सडकलाई अहिले ‘भाइरल रोड’ भन्ने गरिन्छ । जसले घोराही– तुलसीपुरलाई वैकल्पिक मार्गका रुपमा जोड्नेमात्रै होइन, ग्रामीण बस्तीको जीवनस्तर सुधार्नसमेत सहयोग पुर्याएको छ ।बस्नेतले भनिन्, ‘यो सडक नबनेको भए म अहिले घरमा बस्न कहाँ पाउँथे र ? सडकले गाउँको मात्रै होइन, विपन्न गरिब, किसानको अवस्थासमेत फेरेको छ ।’

    भाइरल सडकमा मानिसहरुको चहलपहल बढेसँगै सडक छेउ बसेर गरेको व्यापारले एक छोरा र श्रीमान सहितको ३ जनाको परिवारलाई साँझबिहान दुई छाकको जोहो गज्जबले टरेको उनले सुनाइन् ।उनीमात्रै होइन, त्यही जंगलबिचको भाइरल रोडमा कोहलपुर निवासी ६८ वर्षीय अमर बहादुर खड्काले पनि व्यापार सुरु गरेका छन् ।

    आफन्त भेटघाटका लागि दाङ आएका खड्का त्यही सडक छेउमा चटपटे व्यापार गरी बसिरहेका छन् ।उनले भने, ‘भाइरल रोडमा घुम्न आउनेहरुको भिड लागेपछि व्यापार सुरु गरेको हँ’ ।’ व्यापारबाट राम्रै आम्दानी भएको उनले सुनाए ।घना जंगलमा कालोपत्रे सडक पुगेपछि फोटो खिच्न, टिकटक बनाउन आउनेहरुको भिड लागेपछि धेरैले सडक छेउमा यस्ता पसल थाप्न थालेका छन् । सडक छेउमा थापिएका पसलले आन्तरिक पर्यटकलाई खाजापानीको सुविधासमेत थपिदिएको छ । जसले गर्दा एकातिर आन्तरिक पर्यटकको भिड पनि बढ्दै गएको छ भने अर्कोतिर व्यापार पनि बढ्दै जान थालेको छ ।

    भाइरल रोडले दुईचार जना सडक व्यापारीहरुको मात्रै होइन, सडक अभावको मार खेपेका घोराही उपमहानगरपालिका वडा नं. ११ र १२ ग्रामीण बस्तीको मुहार नै फेरेको स्थानीयहरुको भनाइ छ । घोराही बजारदेखि नजिकै रहेका ती वडा सडक पूर्वाधार विकास अभावका कारण पिछडिएका थिए ।
    घोराही–हापुर–तुलसीपुर रक्षाचौर सडक निर्माणसँगै ग्रामीण बस्तीका किसान, मजदुरहरुको अवस्था फेरिदिएको घोराही उपमहानगरपालिका– १३ निवासी केशव गिरीले बताए ।उनले भने, ‘थोरै नुनतेल किन्न घण्टौं पैदल हिँडेर घोराही आउनुपर्ने बाध्यता थियो । अहिले त्यो छैन ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार