बुधबार, मंसिर १२ गते २०८१

चैत सकिन लाग्दा काठमाडौंमा हिउँ पर्यो, के भन्छन् मौसमसविद् ?

चैत सकिन लाग्दा काठमाडौंमा हिउँ पर्यो, के भन्छन् मौसमसविद् ?

अखबार दैनिक
आइतबार, चैत १९ २०७९
  • चैत सकिन लाग्दा काठमाडौंमा हिउँ पर्यो, के भन्छन् मौसमसविद् ?

    काठमाडौं । यो वर्ष सकिन लाग्दा शनिबार काठमाडौँ उपत्यकाआसपासका डाँडामा हिउँ पर्‍यो । यस वर्षको हिउँदमा हिमाली क्षेत्रमा समेत हिउँ नपर्दा जनजीविकामा समस्या परेको थियो । यसपालिको हिउँदमा हिउँ मात्र नपरेको होइन, असोजपछि पानी पनि परेको थिएन ।

    images


    फागुनको मध्येदेखि मात्र हल्कादेखि मध्यम वर्षा गराउने प्रणाली सक्रिय भएको हो । त्यसपछि विभिन्न भेगमा हिउँ पनि पर्न थालेको छ । हिउँदमा नपरेको हिउँ चैतमा पर्नु मौसमजन्य वातावरण असन्तुलन भएको मौसमसविद् बताउँछन् ।

    जलवायु विश्लेषक तथा मौसमविद् प्रतिभा मानन्धरले तीन वर्षअघि पनि फागुनमा वर्षा र हिमपात भएको स्मरण गर्नुभयो । “त्यसबेला हिमाली भेगमा बाक्लो हिमपातका साथै काठमाडौँ उपत्यकाआसपासका डाँडामा धेरै वर्षको अन्तरालमा हिउँ परेको थियो,” उहाँले भन्नुभयो, “अब यसपालि चैतमा वर्षासँगै हिमपात भइरहेको छ । यो वर्षाजन्य मौसमी असन्तुलनका कारण भएको हो ।” उहाँले वर्षाको प्रणालीले हिउँ पर्ने र नपर्ने भर पर्ने जानकारी दिनुभयो ।

    उहाँले मनसुनपूर्वको समय पश्चिमी वायुसँगै पूर्वीय वायुको वर्चश्व बढाउँदै जाने समय भएको बताउनुभयो । “हिउँदमा कमजोर देखिएको पश्चिमी वायु चैतमा थप बलियो देखिएको छ,” उहाँले भन्नुभयो, “क्यारेबियन समुद्र हुँदै उत्तरी हिमालमाथिबाट आउने प्रणालीले नेपालमा हिउँदमा हिउँ पार्छ । त्यही प्रणाली अहिलेसम्म नेपालको उपल्लो वायुमण्डलको माथि बलियो बनेर बसेको छ ।”

    उहाँले अन्य देशको तुलनामा नेपालको विशेषता नै पश्चिमी वायु जतिखेर पनि उपल्लो तहमा कायम रहनु रहेको उल्लेख गर्नुभयो । उहाँले मनसुन भित्रने बेला केही माथि सरेर त्यसका लागि वातावरण दिने काम पनि पश्चिमी वायुको तहले गर्ने बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार