शुक्रबार, मंसिर १४ गते २०८१

महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?

महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?

अखबार दैनिक
शुक्रबार, चैत १७ २०७९
  • महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?
     
    भारतको सबैभन्दा चर्चित व्यक्ति मुकेश अम्बानीको मुम्बईस्थित घर एन्टिलियाको फोटो त तपाईंले देख्नुभएको होला । तर अम्बानीको दुबईमा भएको बङ्गला त देख्नुभएको छैन होला । यो कुनै राजमहलभन्दा कम छैन ।
     
    रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको यो घर दुबईको पाम जुमेराह बीचमा बनेको छ । ब्लुमबर्गका अनुसार यसको मूल्य ८० मिलियन डलर (करिब १० अर्ब, ५२ करोड रुपैयाँ) पर्छ ।

    mukesh ambaniयो बङ्गला मुकेश अम्बानीले आफ्नो कान्छो छोरा अनन्त अम्बानीका लागि अघिल्लो वर्ष किनेका थिए । दुबईको सबैभन्दा महँगो सम्पत्तिमा समावेश यो बङ्गला समुद्रको किनारमा हातको आकारको कृत्रिम द्विप समूहको उत्तरी भागमा रहेको छ ।

    images
     

    mukesh ambani1यसमा १० लग्जरी बेड रुम, एक निजी स्पा र इनडोर र आउटडोर पुलसमेत थुप्रै पाँच–तारे सुविधा छन् । बेलायती फुटबलर डेभिड बेकहम र बलिउड अभिनेता शाहरुख खानको पनि बङ्गला यहाँ छ र उनीहरू मुकेश अम्बानीका छिमेकी हुन् ।

    यसअघि मुकेश अम्बानीले आफ्नो जेठो छोरा आकाश अम्बानीका लागि बेलायतमा एक विलासी भवन खरिद गरेका थिए ।

    mukesh ambani2मुकेश अम्बानीको कुल सम्पत्ति हाल ७७ अर्ब डलर हो र उनी अर्ब पतिको सूचीमा १२ औँ स्थानमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार