आइतबार, मंसिर ९ गते २०८१

भिण्डीका यतिधेरै फाइदा !

भिण्डीका यतिधेरै फाइदा !

अखबार दैनिक
बिहीबार , चैत ९ २०७९
  • भिण्डीका यतिधेरै फाइदा !

    एजेन्सी । प्रायः मानिसलाई भिण्डीको तरकारी भुटेको वा तारेको भए मात्र मन पर्ने पनि हुन्छ । यसका विभिन्न परिकार बन्दछन् । भिण्डी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।

    images

    यसमा प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, फस्फोरस, म्याग्नेशियम, पोटाशियम, सोडियम र कपर पाइन्छ । यसको फाइदा जान्नुभयो भने तपाईंले भिण्डीलाई दिनहुँ आफ्नो खानामा समावेश गर्नुहुनेछ ।

    - भिण्डीमा भिटामिन बी जस्तो पोषक तत्व पाइन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्न सहयोग गर्छ ।

    - तौल घटाउन समेत भिण्डी स्वस्थकर हुन्छ । यसमा धेरै कम क्यालोरी हुनुका साथै धेरै फाइबर हुन्छ । १०० ग्राम भिण्डीमा जम्मा ३३ क्यालोरी मात्र हुन्छ ।

    - भिण्डीको सेवन गर्नाले मधुमेहका लागि पनि फाइदा गर्छ । यसले मधुमेह कम गर्न सहयोग गर्दछ ।

    - यसले मुटुको रोगबाट बचाउन सहयोग गर्छ ।

    - रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा हुने विभिन्न संक्रमण हुन रोक्छ ।

    - यो गर्भवती महिलाका लागि पनि फाइदाजनक मानिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार