बुधबार, मंसिर १२ गते २०८१

आजदेखी चैत्र नवरात्री सुरू

आजदेखी चैत्र नवरात्री सुरू

अखबार दैनिक
बुधबार, चैत ८ २०७९
  • आजदेखी चैत्र नवरात्री सुरू

    काठमाडौँ । चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिबाट चैत्र नवरात्र सुरु हुन्छ । चैत्र शुक्ल प्रतिपदा अर्थात आज बुधबारदेखि चैत्र नवरात्र सुरू भएको छ ।

    images

    आजबाट हिन्दु नयाँ वर्ष सुरु हुँदैछ । यसलाई विक्रम संवत २०८० पनि भनिन्छ। यति मात्र होइन, यस दिन गुढीपाडवा पनि परेको छ । हिन्दु नयाँ वर्षको शुभारम्भ आज निकै शुभ संयोगले भएको छ ।

    हिन्दू धर्मावलम्वीहरु आश्विन र चैत्र गरी वर्षमा दुई पटक नवरात्रीमा देवी दुर्गाको विशेष पूजा गर्ने गर्दछन् ।

    चैत्र शुल्क प्रतिपदाको दिनदेखि नवमीसम्म चैत्र नवरात्र कायम रहने छ । यस वर्ष बुधबारदेखि सुरू भएको नवरात्र चैत १६ गतेसम्म चल्ने छ ।

    नेपालीहरु यो नवरात्रलाई चैते दशैंको रुपमा मनाउने गर्दछन् । बडादशैंमा झैं नै बुधबार शक्तिपीठहरूमा घटस्थापना गरेर नवरात्रका हरेक दिन शक्ति स्वरुपा दुर्गाका विभिन्न रूपहरूको पूजा गर्ने गरिन्छ ।

    शक्तिपीठहरूमा पूजा गर्नुका साथै बलि दिने चलन पनि छ । मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन रामनवमी मनाएसँगै चैत्र मासको नवरात्र सम्पन्न हुने गर्दछ ।

    शक्तिपीठहरूमा पूजा गर्नुका साथै बलि दिने चलन पनि छ । मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन रामनवमी मनाएसँगै चैत्र मासको नवरात्र सम्पन्न हुने गर्दछ ।

    नवरात्रको पहिलो दिन आज बुधबार शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताको ९ रुप हुन्छ,त्यसमध्य पहिलो रुप शैलपुत्री हो । मार्कष्य पुराणका अनुशार पर्वतराज हिमालयकी पुत्रीको रुपमा उत्पन्न भएकी हुनाले शैलपुत्री नाम रहन गएको हो ।

    पर्वतराज हिमालयको घर पुत्री रूपमा उत्पन्न भएकै कारण यीनको नाम शैलपुत्रीु राखियो । नवरात्रि पूजनमा प्रथम दिन यिनैको पुजा र उपासना गरिन्छ । यस प्रथम दिनको उपासनामा जोगी आफ्नो मनलाई मूलाधार चक्रमा स्थित गर्छन् । यहिँ देखि यीनको योग साधनाको सुरुवात हुन्छ ।

    नवरात्रका अवसरमा यसै गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ।

    काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामना लगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।

    हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

    यस्तो छन् नवदुर्गाका नौवटा स्वरुप

    प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

    तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।

    पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

    सप्तमं कालरात्रीति. महागौरीति चाष्टमम्।।

    नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।

    उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ