बुधबार, मंसिर १२ गते २०८१

चैते झरीले धनगढी डुबानमा

चैते झरीले धनगढी डुबानमा

अखबार दैनिक
मंगलबार, चैत ७ २०७९
  • चैते झरीले धनगढी डुबानमा

    धनगढी । सोमबारदेखि अविरल परेको चैते झरीले सुदूरपश्चिम प्रदेश राजधानी धनगढी डुबानमा परेको छ ।

    images

    स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले परेको झरीले धनगढी डुबानमा परेको हो ।  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पसलहरु डुबानमा परेका हुन् । स्थानीय शान्ति ज्ञवालीले पसलभित्र डुबान भएपछि समस्या भएको र बिहान पसल खोल्दा पुरै जलमग्न भएको बताइन् ।

    पानी निकासका लागी नाली व्यवस्थापन नभएकोले डुबान भएको उनको भनाइ छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर ऐरले भौतिक संरचना विस्तारका कारण ढल तथा नाली निकासको व्यवस्थापनमा ढिलाइ भएको बताए । 

    उनले निर्माणाधीन चटकपुर–मोहना सडक खण्डको यथाशीघ्र निर्माणका लागि वडा कार्यालयबाट पटक पटक समन्वय तथा सम्पर्क गर्दा निर्माण कम्पनीले अटेरी गरेको बताए । 

    सो सडक खण्ड अधुरो राखी सामान्य वर्षाका कारण स्थानीयको आवागमनमा समस्या भएको बताए । कैलालीसहित सुदूरपश्चिममा वर्षा जारी रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ