आइतबार, मंसिर ९ गते २०८१

डाउन सिन्ड्रोम हुँदा यस्तो हुन्छ

डाउन सिन्ड्रोम हुँदा यस्तो हुन्छ

अखबार दैनिक
मंगलबार, चैत ७ २०७९
  • डाउन सिन्ड्रोम हुँदा यस्तो हुन्छ

    काठमाडौँ । सामान्यतया व्यक्तिमा ४६ क्रोमोसोम हुन्छ तर, डाउन सिन्ड्रोम भएकाहरूमा ४७ क्रोमोसोम हुन्छ । डाउन सिन्ड्रोम भनेको जन्मजात उपचार नहुने रोग हो ।

    images

    कोषहरूको विभाजन हुने हुँदा त्रुटिका कारण एउटा अतिरिक्त क्रोमोजम थपिएको कारणले डाउन सिन्ड्रोम हुन्छ । यस क्रोमोसोमले साधरणतया अधिकांशमा बौद्धिक अपाङ्गता बनाउँछ ।

    डाउन सिन्ड्रोम हुँदा क्षमता र शारीरिक विकासको ढिलाइ अनुहारको आकारमा फरकपना देखाउँछ । डाउन सिन्ड्रोम हुँदा बच्चालाई बौद्धिक तथा शारीरिक अपाङ्गता हुन्छ । सानो उमेरमा यस्ता बच्चाहरू आफ्ना साथाीहरूको दाँजोमा ढिलो विकास हुन्छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डाउन सिन्ड्रोमका लक्षणहरू यस्ता छन् :

    –गोलो,चेप्टो अनुहार
    –अति सानो चिउँडो
    –नेप्टो नाक
    –माथि फर्केको चिम्से आँखा
    –मोटो चिरा परेको मुखबाट निस्किराख्ने जिब्रो
    –खुट्टाको बुढी र दोस्रो अंगुलाबीच फाटो
    –हत्केलामा एक्लो लाइन(साइमन क्रिज)
    –छोटो गर्दन
    –आँखाको नानीमा सेतो वा पहेँलो थोप्ला(ब्रसफिल्ड स्पाटस)
    –होचोपन
    –टाउकोको गोलाइ सानो
    –सानो र तल जोडिएको कान
    –मांसपेशीको फितलोपना
    –शब्दहरू प्रष्ट बोल्न नसक्नु
    -हिँड्नमा कठिनाइ
    –डाउन सिन्ड्रोम भएका धेरैजसो व्यक्तिलाई मुटुको समस्या हुने गर्दछन् । कसै-कसैलाई ल्युकेमिया एक प्रकारको रगतको क्यान्सर पनि लाग्न सक्छ ।
    –डाउन सिन्ड्रोम भएका व्यक्तिले ज्यादै ढिला सिक्छन् र उनीहरूलाई पटकपटक सम्झाइरहनु पर्दछ ।
    –उनीहरू राम्रोसँग सम्झन सक्दैनन् र आफूले गर्ने कामलाई परिवर्तन गर्न पनि सक्दैनन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार