बिहीबार , असोज ३ गते २०८१

क्रिकेटर अर्जुन कुमाललाई छत्रकोटमा सम्मानित

क्रिकेटर अर्जुन कुमाललाई छत्रकोटमा सम्मानित

अखबार दैनिक
मंगलबार, चैत ७ २०७९
  • क्रिकेटर अर्जुन कुमाललाई छत्रकोटमा सम्मानित

    गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले क्रिकेट खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ । १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका कुमाललाई गृह जिल्ला गुल्मीको छत्रकोट गाउँपालिकालले नगदसहित सम्मान गरेको हो ।

    images

    उनलाई गाउँपालिकाले नगद ५० हजारसहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।

    छत्रकोट गाउँपालिका वडानम्बर-५ खर्जाङमा जन्मेका कुमालले हालै यूएईमा सम्पन्न भएको आईसीसी यू-१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    उनले कुबेतविरुद्ध सतकसमेत प्रहार गरेका थिए । क्रिकेट खेलमार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगदसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

    उनको खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस भनेर सम्मान गरिएको पाण्डेले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ