बिहीबार , असोज ३ गते २०८१

पारस खड्का आवद्ध टोलीले जित्यो लिजेन्ड्स क्रिकेट लिगको उपाधि

पारस खड्का आवद्ध टोलीले जित्यो लिजेन्ड्स क्रिकेट लिगको उपाधि

अखबार दैनिक
मंगलबार, चैत ७ २०७९
  • पारस खड्का आवद्ध टोलीले जित्यो लिजेन्ड्स क्रिकेट लिगको उपाधि

    काठमाडौं। लिजेन्ड्स क्रिकेट लिगको उपाधि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध टोली एसिया लायन्सले जितेको छ ।

    images

    गएराति भएको फाइनल खेलमा एसियाले वर्ल्ड जायन्ट्सलाई सात विकेटले हरायो । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

    एसियाका तिलकरत्ने दिलशानले सर्वाधिक ५८ रन बनाए । त्यस्तै उपुल थरङ्गा ५७ रनमा आउट भए । त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।

    उसका अलराउन्डर ज्याक्स कालिस ७६ रनमा नटआउट । एसियाका अब्दुर रजाकले २ विकेट तथा थिसेरा परेराले एक विकेट लिए । फाइनल खेलमा नेपालका पारस खड्काले ब्याटिङ र बलिङको अवसर पाएनन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ