आइतबार, मंसिर ९ गते २०८१

निफ अवार्ड क-कसले हात पारे (सूचीसहित)

निफ अवार्ड क-कसले हात पारे (सूचीसहित)

अखबार दैनिक
मंगलबार, चैत ७ २०७९
  • निफ अवार्ड क-कसले हात पारे (सूचीसहित)

    काठमाठौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सोमबार सम्पन्न भएको छ ।

    images

    महोत्सवमा नेपाली फिल्मतर्फ ‘प्रकाश’बाट प्रदीप खड्का सर्वश्रेष्ठ अभिनेता र दीया मास्के सर्वश्रेष्ठ अभिनेत्री घोषित भए । उत्कृष्ट अभिनेता घोषित भएपछि ट्रफी उचाल्दै अभिनेता खड्काले एक्टरको रुपमा पहिलोपटक अवार्ड जित्दा खुसी मिलेको प्रतिक्रिया दिए ।

    पाँचदिनसम्म चलेको निफमा ९ सेसन र तीन मास्टरक्लास सम्पन्न भएका थिए । क्रोएसियका फिल्ममेकर इतामी ब्रोजन, भारतका प्रेमेन्द्र मजुमदार र चीनकी प्राध्यापक ली रानले मास्टर्स क्लास संचालन गरेका थिए ।

    समापन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन विकासका लागि फिल्मको योगदान महत्वपूर्ण हुने बताउनु भयो ।

    विजेताहरुको सूचि यसप्रकार छ :-

    सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म – अ हाउस विथ नो नेम पातालघर (बंगलादेश)

    सर्वश्रेष्ठ छायांकन – राजेश श्रेष्ठ (प्रकाश)

    सर्वश्रेष्ठ पटकथा – सुजित बिडारी (ऐना झ्यालको पुतली)

    सर्वश्रेष्ठ अभिनेता – प्रदीप खड्का (प्रकाश)

    सर्वश्रेष्ठ अभिनेत्री – दीया मास्के (प्रकाश)

    सर्वश्रेष्ठ निर्देशक – सुजित बिडारी (ऐना झ्यालको पुतली)

    सर्वश्रेष्ठ निर्देशक छोटो फिल्म – प्रद्यूम्न मिश्र (दुविधा)

    सर्वश्रेष्ठ छोटो नेपाली फिल्म – जुन्को (मिन्सो लिम्बु)

    सर्वश्रेष्ठ छोटो अन्तर्राष्ट्रिय फिल्म – द बुक (इरान)

    सर्वश्रेष्ठ छोटो एनिमेटेड फिल्म – द लिजेण्ड अफ गोल्डहन (स्लोभेनिया)

    सर्वश्रेष्ठ राष्ट्रिय वृत्तचित्र – द टाइगर्स ज (निर्देशक –कमल कुमार)

    सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय डकुमेन्ट्री – सोल्स अफ द फरेस्ट (इन्डोनेसिया)

    सर्वश्रेष्ठ नेपाली फिचर फिल्म – ऐना झ्यालको पुतली

    सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म –मेमोरिज अफ ग्लुमी मनसुन्स (बंगलादेश)

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार