शुक्रबार, मंसिर ७ गते २०८१

सात महिनामा ८४ अर्बको डिजेल र ३८ अर्बको पेट्रोल आयात 

सात महिनामा ८४ अर्बको डिजेल र ३८ अर्बको पेट्रोल आयात 

अखबार दैनिक
सोमबार, चैत ६ २०७९
  • सात महिनामा ८४ अर्बको डिजेल र ३८ अर्बको पेट्रोल आयात 

    काठमाडौँ — चालु आर्थिक वर्षकाे पहिलाे सात महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको डिजेल आयात गरिएकाे छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा यस वर्षकाे साेही अवधिमा १५.९७ प्रतिशतले डिजेल आयात बढेको हो ।

    images

    गत आर्थिक वर्ष साउनदेखि माघसम्म मुलुकमा ७२ अर्ब ९६ कराेड १९ लाख रुपैयाँ बराबरको ९ लाख ६८ हजार ५५७ किलाेलिटर डिजेल आयात गरिएकाे थियाे । डिजेलसँगै चालु आर्थिक वर्षकाे सात महिनामा पेट्रोल समेत १५‍.३९ प्रतिशतले बढी आयात भएकाे विभागकाे तथ्यांक छ । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकमा ३८ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको पेट्रोल आयात गरिएकाे छ । गत आर्थिक वर्ष ३३ अर्ब ५६ कराेड ५५ लाख रुपैयाँ बराबरकाे पेट्रोल आयात गरिएको थियो । रकमका आधारमा पेट्रोलको आयात बढेको देखिए पनि परिमाणका आधारमा भने घटेको छ । साउनदेखि माघसम्म ३ लाख ८७ हजार ६५१ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत वर्षको यसै अवधिमा ४ लाख २१ हजार १७२ किलाेलिटर पेट्रोल आयात गरिएकाे थियाे । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण रकम र परमाणमा यस्तो अन्तर देखिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ