काठमाडौं । भोलि (चैत ७ गते) घोडेजात्रा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत्र ७ गते मंगलबार घोडेजात्रा परेकोले सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको हो । यो विदा राजपत्र मै प्रकाशन गरेर तय भएको सार्वजनिक विदा हो ।
प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडे जात्रा मनाईने गरिएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।
सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लै रहने विभागले जानकारी दिएको छ । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ ।
विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘..घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’