बिहीबार , असोज ३ गते २०८१

क्रिकेटर कुशल मल्ल बुटवल उपमहानगरद्वारा सम्मानित

क्रिकेटर कुशल मल्ल बुटवल उपमहानगरद्वारा सम्मानित

अखबार दैनिक
सोमबार, चैत ६ २०७९
  • क्रिकेटर कुशल मल्ल बुटवल उपमहानगरद्वारा सम्मानित

    बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ ।

    images

    उपमहानगरपालिकाले सोमबार एक समारोहका बीच मल्ललाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । मल्ल बुटवलका बासिन्दा भएको र खेलमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बुटवलको पहिचान बढाउन योगदान गरेकाले सम्मान गरिरएको नगरप्रमुख खेलराज पाण्डेयले बताए ।

    क्रिकेटसँगै फुटबल र अन्य खेलमा बुटवलका खेलाडीले राष्ट्रियस्तरमै समेत पहिचान बनाएको भन्दै नगर प्रमुख पाण्डेयले खेलकुद क्षेत्रको विकासको लागि चालु आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा बढी बजेट विनियोजन गरिएको बताए । ‘देशको लागि खेल्ने खेलाडीहरुलाई प्रोत्साहन गर्न र खेल पूर्वाधार विकास गर्न उपमहानगरले प्राथमिकतामा राखेको छ,’ पाण्डेयले भने ।

    उपमहानगरले पूर्वक्रिकेट खेलाडी एवं कुशल मल्लका प्रशिक्षक शक्ति गौचन र कुशलकी आमा शर्मिला मल्ललाई समेत सम्मान गरेको छ । यसअघि कुशल अध्ययनरत बुटवलकै न्यू होराइजन संस्थाले पनि २१ हजार ५०० रुपैयाँ नगदसहित मल्ललाई सम्मान गरेको थियो । कुशल बुटवल-११ देवीनगरका स्थायी बासिन्दा हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ