शुक्रबार, मंसिर १४ गते २०८१

बङ्गलादेशको शिवचरमा बस दुर्घटना, सत्र जनाको मृत्यु

बङ्गलादेशको शिवचरमा बस दुर्घटना, सत्र जनाको मृत्यु

अखबार दैनिक
आइतबार, चैत ५ २०७९
  • बङ्गलादेशको शिवचरमा बस दुर्घटना, सत्र जनाको मृत्यु

    बङ्गलादेश । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । 

    images

    हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक एउटा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् । द्रुत गतिमा हुइँकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ । 

    थोत्रा सवारी साधन,  नियमित मर्मत सम्भार नभएका सडक एवम् सवारी साधनका कारण बङ्गलादेशमा सडक दुर्घटना भइरहन्छन् । गत वर्ष सडक दुर्घटनामा परी नौ हजार नौ सय ५१ जनाको मृत्यु भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार