शुक्रबार, असोज ४ गते २०८१

डीडीसीले दूधको मूल्य लिटरमा ११ रुपैयाँ बढायो

डीडीसीले दूधको मूल्य लिटरमा ११ रुपैयाँ बढायो

अखबार दैनिक
शुक्रबार, चैत ३ २०७९
  • डीडीसीले दूधको मूल्य लिटरमा ११ रुपैयाँ बढायो

    दुग्ध विकास संस्थानले दूधको उपभोक्ता मूल्य लिटरमा ११ रुपैयाँ बढाएको छ। यो विहीबारदेखि कार्यान्वयनमा आउनेछ।अब उपभोक्ताले डीडीसीको दूध खरिद गर्दा प्रति लिटर ९७ रुपैयाँमा तिर्नुपर्छ। यसअघि डीडीसीको दूधको मूल्य ८६ रुपैयाँ थियो। एक प्याकेट आधा लिटर डीडीसीको दूधको मूल्य ४८.५० रुपैयाँ पुगेको छ।

    images

    डीडीसीले निजी डेरी भन्दा लिटरमा तीन रुपैयाँ कम मूल्य बढाएको छ। निजीले लिटरमा १४ रुपैयाँ बढाएर सय रुपैयाँ पुर्‍याएका थिए।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकृत गरेपछि मूल्य बढाएको संस्थानका महाप्रबन्धक सन्जिव झाले बताए। गत साता सरकारले तोकेको दूधको किसान मूल्य प्रति लिटर ६५ रुपैयाँ पुर्‍याएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ