बुधबार, मंसिर १२ गते २०८१

नेपालकै सुन्दरी श्रीमती हुँदाहुँदै किन ल्याए जिपीले अर्की श्रीमती

नेपालकै सुन्दरी श्रीमती हुँदाहुँदै किन ल्याए जिपीले अर्की श्रीमती

अखबार दैनिक
बुधबार, चैत १ २०७९
  • नेपालकै सुन्दरी श्रीमती हुँदाहुँदै किन ल्याए जिपीले अर्की श्रीमती

    उषा खड्गीलाई प्रेरणाको स्रोत मानेर अगाडि बढ्नेहरू धेरै छन् । पूर्व मिस नेपाल, व्यवसायी, कार्यक्रम प्रस्तोता तथा महिलाहरूलाई आत्मनिर्भर बनाउन कदम चाल्ने एक चिरपरिचित नाम हो । तर तीनै खड्गीले सम्वन्धविच्छेद पछि अदालतले निर्धारण गरेको अंश नपाएको दाबी गरेकी छिन् ।

    images

    उषा खड्गी र गणेश प्रसाद तिमलसेना (जिपी तिमलसे‍ना) बीच २०५९ साल वैशाख २६ गते धार्मिक परम्परा अनुसार मागी विवाह भएको थियो । यो दम्पतीको पहिलो सन्तानको रूपमा ०६२ सालमा छोरी र दोस्रो सन्तानको रूपमा २०७१ सालमा छोराको जन्म भएको छ ।

    २०७५ सालदेखि मनमुटाब र बेमेलको अवस्था सिर्जना भएपछि खड्गीले २०७६ साल असार १८ गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । मुद्दा दर्ता भएको तीन वर्षपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले २०७९ साल जेठ २६ गते अन्तिम फैसला गर्दै अं‌शभागबण्डा गरी सम्बन्ध विच्छेद गर्ने आदेश दिएका थिए ।

    अदालतको आदेशमा गणेश प्रसाद तिमलसेनाको नाममा भक्तपुरमा रहेको घरको मूल्य एक करोड कायम गर्दै उक्त घरको चार भागको एक भाग खड्गीलाई दिनु भनेको छ । मंसिर १९ गते सविना अधिकारीसँग दोस्रो विवाह गर्दै गणेश प्रसाद तिमलसेना ।

    सम्वन्धविच्छेद गरेता पनि खड्की र तिमलसेना अहिले एउटै घरमा बस्दै आइरहेका छन् । छोराछोरीसहित बस्दै आइरहेकी खड्कीले अदालतको निर्णयअनुसार आफ्नो भाग लिएर अन्तै बस्ने चाहना गरेता पनि सो सफल हुन सकेको छैन । तिमलसेनाले यही मङ्सिर १९ गते विवाह गरेर ल्याएकी श्रीमती पनि सोही घरमा बस्दै आएकी छन् ।

    दुई परिवार एउटै घरमा बस्न नसक्ने भन्दै खड्की अदालतको निर्णय कागजमा मात्र भयो सम्बन्ध विच्छेद भएको छ महिनासम्म पनि अंश नपाएको गुनासो गर्छिन् । स्रोतका अनुसार बेहुली लिएर आउँदै गरेका तिमलसेना र खड्गीको भेट घरअगाडिको आगनमा भएको हो ।

    स्रोतका अनुसार जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि तिमलसेना उच्च अदालत गएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार