शुक्रबार, मंसिर ७ गते २०८१

आगामी फिफा विश्वकप पुरानै ढाँचामा ४८ टोलीको सहभागिता पक्का

आगामी फिफा विश्वकप पुरानै ढाँचामा ४८ टोलीको सहभागिता पक्का

अखबार दैनिक
बुधबार, चैत १ २०७९
  • आगामी फिफा विश्वकप पुरानै ढाँचामा ४८ टोलीको सहभागिता पक्का

    एजेन्सी । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने सन् २०२६ को फिफा विश्वकप टिम संख्या बृद्धि गरी पुरानै ढाँचामा आयोजना हुने भएको छ । यसअघि ३२ टोलीहरुले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि ४८ टोलीहरुले सहभागिता जनाउने पनि पक्का भएको छ ।

    images

    टिम संख्या बृद्धि भएपछि फिफाले १६ समूह बनाएर प्रतिस्पर्धा गराउने योजना पनि बनाएको थियो । तर रुवाण्डामा भएको फिफा कँग्रेसमा आगामी संस्करणको फिफा विश्वकप टिम बढी भए पनि पुरानै ढाँचामा आयोजना गरिने निर्णँय भएको हो ।

    यसअघिका संस्करणहरुमा चार टिम कै समूह प्रभावकारी देखिए पछि आगामी संस्करणमा चार टिम कै १२ समूह बनाउने निर्णय भएको हो ।

    यो निर्णयसँगै सन् २०२६ को फिफा विश्वकपमा प्रत्येक समूहबाट शिर्ष दुई टोली र तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ८ टोली गरी कुल ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । साथै प्रतियोगिता भरि कुल १०४ खेलहरु हुनेछन् ।

    स्मरण रहोस, सनु २०२६ को फिफा विश्वकप जुन ११ देखि जुलाई १९ तारीखसम्म अमेरिका, मेक्सिको र क्यानढाका १९ फरक खेलस्थलहरुमा हुनेछन् ।

    FIFA approves World Cup format for 2026:
    ▪️ 104 games
    ▪️ 48 teams
    ▪️ 12 groups of 4, 3 games played
    ▪️ 8 maximum games (up from 7)
    ▪️ Top 2 teams in each group plus 8 best 3rd-placed sides advance pic.twitter.com/2uHLLOC7Eo

    — B/R Football (@brfootball) March 14, 2023
    An important date for the diary 👀📆
    The FIFA Council has confirmed when the @FIFAWorldCup 2026 final will take place – as well as the format for the first-ever 48-team edition. pic.twitter.com/fdXZkLfTvh

    — FIFA (@FIFAcom) March 14, 2023

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ