बुधबार, मंसिर १२ गते २०८१

पाटन क्याम्पसको ११ रोपनी जग्गामा भाडा नतिरी लबिम मलको राज

पाटन क्याम्पसको ११ रोपनी जग्गामा भाडा नतिरी लबिम मलको राज

४० महिनाको भाडा, जरिवाना र करसमेत ४ करोड बक्यौता, भत्किएको टहरोमा कक्षा सञ्चालन जग्गा लिजमा लिँदा तीन–तीन महिनामा अग्रिम भाडा तिर्ने भन्दै सम्झौतामा उल्लेख भए पनि असोज २०७६ देखि लबिमले भाडा तिरेको छैन। ४० महिनासम्म जरिवानासमेत गरेर चार करोडभन्दा धेरै रकम तिर्न बाँकी रहेको पाटन क्याम्पसले जनाएको छ।

अखबार दैनिक
बुधबार, चैत १ २०७९
  • पाटन क्याम्पसको ११ रोपनी जग्गामा भाडा नतिरी लबिम मलको राज

    काठमाडौं। पुल्चोकबाट कुपन्डोल जानेबाटोमा दायाँ तिर नजर मोड्दा देखिन्छ एउटा सेतो रंगको भव्य व्यापारिक कम्प्लेक्स। पुल्चोक आकाशे पुल पारिपट्टी रहेको सो भवनको नाम ‘लबिम मल’ लेखिएको छ।

    images

    ११ रोपनी क्षेत्रफलमा फैलिएको सो भवनमा विभिन्न पसलदेखि सिनेमा हलसम्म छ। तर, यो सेतो कम्प्लेक्सभित्र धेरै काला कर्तुत जोडिरहेको छ। जुन कम्प्लेक्स अर्बौं रुपैयाँ पर्ने सरकारी सम्पत्ति हत्याएर बनेको हो।

    ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी (लबिम)ले पुल्चोकस्थित पाटन संयुक्त क्याम्पसको ११ रोपनी जग्गामा भाडा नतिरी रजाइँ गरिरहेको छ। लिजको बहानामा जग्गा कब्जा गरी उसले ‘लबिम मल’ नामक व्यापारिक भवन बनाएर वार्षिक करोडौं रुपैयाँ कमाइरहेको छ। तर  क्याम्पसलाई भाडा भने तिरेको छैन। शक्तिको आडमा जग्गा हत्याएको पहुँचवाला लबिमलाई बेदखल गर्न पाटन क्याम्पस प्रशासनले आँट गरेको छैन।

    336178702_540289174871339_454660735538962468_n (1).png
                                      Labim Mall

    लबिमले साढे तीन वर्षयताको झन्डै चार करोड रुपैयाँ तिर्न बाँकी छ। उता कलेज भने आर्थिक संकटमा गुज्रिरहेको छ। भूकम्पले चर्काएका भवन र टहरामा कक्षा सञ्चालन गरिरहेको पाटन क्याम्पसले लबिमसँग बक्यौता उठाउनसमेत ताकेता गरिरहेको छैन।

    जग्गा लिजमा लिँदा तीन–तीन महिनामा अग्रिम भाडा तिर्ने भन्दै सम्झौतामा उल्लेख भए पनि असोज २०७६ देखि लबिमले भाडा तिरेको छैन। ४० महिनासम्म (माघ २०७९) जरिवानासमेत गरेर चार करोडभन्दा धेरै रकम तिर्न बाँकी रहेको पाटन क्याम्पसले जनाएको छ। उसले सरकारलाई कर समेत तिरेको छैन।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार