बुधबार, मंसिर १२ गते २०८१

कृष्ण सुनारले आफु जन्मेको ठांउमा निजि खर्चले मन्दिर निर्माण गरे

कृष्ण सुनारले आफु जन्मेको ठांउमा निजि खर्चले मन्दिर निर्माण गरे

अखबार दैनिक
मंगलबार, फागुन ३० २०७९
  • कृष्ण सुनारले आफु जन्मेको ठांउमा निजि खर्चले मन्दिर निर्माण गरे

    फागुन ३० माझठाना । कास्की पोखरा महानगरपालिका वडा नं. २८  स्थित माझठानामा कुल मन्दिर निर्माण गरिएको छ । अमेरीकामा रहदै आएका  कृष्णसुनारले आफु जन्मेको ठांऊमा करिब रु. ८ लाख लागतको निजि खर्चमा मन्दिर निर्माण गरेका हुन। कृष्ण सुनारले आफ्ना परम पिता र माताको स्मृतीमा आफु जन्मेको ठांऊ पोखरा महानगरपालिका २८  माझठानामा उक्त मन्दिर  निर्माण गरेका हुन । स्वर्गिय पिता  दलबहादुर विश्वकर्मा र माता  मंगली  विश्वकर्माको सम्झना तथा सम्मानमा मन्दिर बनाएका हुन ।  

    images
    336242157_752628859792027_8964648014270104524_n.png
                                                                कृष्ण सुनार

    उक्त मन्दिर निर्माणको लागि हरी संशेर सुनार,भक्त सुनार र खेम सुनारले जग्गा उपलब्ध गराएका हुन् । साथै नन्दराज सुनार र कुमार सुनारले समेत मन्दिर निर्माणमा सहयोगी गरेका छन् । मन्दिर निर्माण सकिए लगत्तै फागुन २७ गते  कुल पुजाको अवशरमा मन्दिर उद्घाटनको तयारी गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ