आइतबार, मंसिर ९ गते २०८१

१० महिनामै टुट्यो नायिका वर्षाको वैवाहिक सम्वन्ध, श्रीमान आशिषले गरे अर्के विवाह

१० महिनामै टुट्यो नायिका वर्षाको वैवाहिक सम्वन्ध, श्रीमान आशिषले गरे अर्के विवाह

अखबार दैनिक
मंगलबार, फागुन ३० २०७९
  • १० महिनामै टुट्यो नायिका वर्षाको वैवाहिक सम्वन्ध, श्रीमान आशिषले गरे अर्के विवाह

    काठमाडौँ, ३० फागुन । नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्वन्ध एक वर्ष नपुग्दै पुर्ण विराम लागेको छ । उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् ।

    images

    हिजो सोमबार उनका श्रीमान आशिष गेललका एक आफन्तले सामाजिक सञ्जालबाट उनले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरिएको छ ।

    अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते नेपाली परम्परा अनुसार लगनगाँठो कसेकी थिइन् । विहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बसेपनि केही समयमा नै नेपाल फर्केर बस्न थालेकी थिइन् ।

    उनीहरु दुबै जनाले सामाजिक सञ्जालमा एक–अर्कालाई अनफलो गरेसँग एक–अर्काका फोटोहरु पनि हटाएका थिए । वर्षा र आशिषको औपचारिक सम्वन्ध विच्छेद भइसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार