शुक्रबार, मंसिर १४ गते २०८१

चकलेटको ट्यांकीमा कामदार खसेपछि कम्पनीमाथि जरिवाना

चकलेटको ट्यांकीमा कामदार खसेपछि कम्पनीमाथि जरिवाना

अखबार दैनिक
सोमबार, फागुन २९ २०७९
  • चकलेटको ट्यांकीमा कामदार खसेपछि कम्पनीमाथि जरिवाना

    तपाईं चकलेटको पारखी हुनुहुन्छ ? चकलेट बनाउनका लागि अर्धतरल अवस्थामा राखिएको चकलेटको झोल राखिएको ट्यांकीमा खस्नुभयो भने तपाईं के गर्नुहुुन्छ ? सायद पेटभर झोल चकलेट पिउने त्यो सुनौलो मौका हुनसक्दछ । तर अमेरिकामा भने २ जना कामदार चकलेट भरिएको ट्यांकीमा खसेपछि चकलेट कम्पनीमाथि जरिवाना भएको छ ।

    images

    M&Ms  तथा  Mars bars चकलेट उत्पादन गर्ने मास रिग्ले कम्पनीमाथि साढे १४ हजार अमेरिकी डलर जरिवाना भएको हो ।

    अमेरिकाको पेन्सिल्भेनियामा रहेको सो कम्पनीको एक कारखानामा गत जुन महिनामा भएको दुर्घटनामा कारखानाका २ जना कामदार चकलेटको लेदोले आधा भरिएको ट्यांकीमा एक्कासी खसेका थिए ।

    त्यसरी खसेका कामदारहरु चकलेटको ट्यांकीमा काम गर्नका लागि आधिकारिक व्यक्ति नभएका र उनीहरुका लागि कामका क्रममा उपयुक्त सुरक्षा उपाय पनि अबलम्बन नगरिएको भन्दै अमेरिकाको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य प्रशासनले चकलेट कम्पनीमाथि भारी रकम जरिवाना गरेको हो ।

    बाह्य कन्ट्रयाक्टिङ फर्मबाट चकलेट कम्पनीमा काम गर्न आएका ती दुई श्रमिक एलिजाबेथटाउन स्थित चकलेट कारखानामा मर्मतको काम गरिरहँदा चकलेट राखिएको ट्यांकीमा खसेका थिए ।उद्धारकर्ताहरुको चकलेट ट्यांकीको पिँधमा प्वाल पारेर चकलेटको लेदो बाहिर निकालेर उनीहरुलाई उद्धार गर्न सफल भएका थिए ।

    चकलेटको ट्यांकीमा खसेर घाइते भएका उनीहरुलाई तत्कालै उद्धार गरी अस्पताल लगिएको थियो । चकलेट कम्पनीका प्रतिनिधिले मिडियासँग कुराकानी गर्दै श्रमिकहरुको तथा बाह्य करारकर्ताहरुको सुरक्षा आफुहरुको प्राथमिकतामा रहेको बताए ।

    साथै घटनापश्चात् प्रशासनले चालेको कदमप्रति पनि उनको समर्थन थियो । स्मरण रहोस् मार्स रिग्लेले चकलेट, चुइंगम, मिन्ट लगायत अन्य मिठाइहरू उत्पादन गर्दै आएको छ ।

    एजेन्सी

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ