शुक्रबार, असोज ४ गते २०८१

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

अखबार दैनिक
आइतबार, फागुन २८ २०७९
  • आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

    काठमाडौं, २८ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आज आइतार साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ । कम्पनीले फागुन ११ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको थियो ।

    images

    उक्त अवधिमा १ लाख ६९ हजार ७६५ कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओमा करिब १५ लाख ३८ हजार जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ३०२ जनाको आवेदन रद्द भएको थियो ।

    कम्पनीले बिक्री खुलाएको भन्दा धेरै आवेदन परेपनि ‘लक्कि ड्र’मार्फत सेयर बाँडफाँट गरिएको थियो । जसअनुसार करिब १६ हजार ९७६ जनाले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ