बुधबार, मंसिर १२ गते २०८१

एक्लै घुम्न जाँदा ख्याल गर्नैपर्ने केही कुरा

एक्लै घुम्न जाँदा ख्याल गर्नैपर्ने केही कुरा

अखबार दैनिक
शुक्रबार, फागुन २६ २०७९
  • एक्लै घुम्न जाँदा ख्याल गर्नैपर्ने केही कुरा

    एजेन्सी । घुम्न तथा यात्रा गर्न कसलाई मन पर्दैन । तर कतिपयलाई भने एक्लै घुम्न पनि मन पर्दछ । कतिपय रुचीले घुम्दछन् भने कतिपय सधैंको एकोहोरो दैनिकीबाट केही समय ताजगी महसुस गर्न घुम्ने गर्दछन् ।

    images

    कतिपय व्यक्तिलाई आफ्ना खास व्यक्तिसँग दुनियाँ हेर्ने इच्छा हुन्छ भने कोही एक्लै संसार हेर्ने यात्रामा निस्कन्छन् ।


    एक्लै घुम्नुको पनि छुट्टै आनन्द छ । यसले आफूलाई राम्रोसँग जान्ने मौका दिन्छ साथै हामीलाई कस्तो कुरा र के मन पर्छ भनेर पनि जान्न सकिन्छ ।


    तर एक्लै यात्रा गर्दा भने केही विशेष ख्याल गर्नुपर्ने हुन्छ । जब हामी एक्लै यात्रा गर्छौं, यो कुरा याद राख्न जरुरी हुन्छ कि म एकदमै एक्लै छु र त्यो ठाउँबाट पनि अपरिचित छु ।

    त्यसैले हामीलाई नचाहेका खतराबाट पनि बच्नु पर्ने हुन्छ । सुरक्षित रहनु सोलो ट्रिपको पहिलो प्राथमिकता हुन्छ ।

    यदि तपाईं पनि एक्लो यात्रा तय गरिरहनु भएको छ भने केही यस्ता कुरा छन् जसलाई तपाईंले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

    जानौं, एक्लो यात्रामा कस्ता विषयमा ध्यान दिने:-

    ओभरप्याकिंग नगर्नुस्
    जब तपाईं एक्लो यात्रामा निस्कनुभएको छ, यो कुरा सधैं सम्झनुहोस् तपाईं आफ्नो सामानको व्यवस्थापन कसैको सहयोग बिना नै गर्नुपर्ने हुन्छ ।

    त्यसैले सोंचेर बुझेर मात्र आफ्नो झोला तयार गर्नुहोस् । जसमा एकदमै कम सामान राख्ने र अतिआवश्यक खालको सामानहरुमा ध्यान दिने ।

    धेरै गन्तव्य नराख्नुसएकदमै धेरै ठाउँमा घुम्छु भन्ने विचार पनि गलत हुन सक्छ । किनकि त्यसका लागि छिटो छिटो ठाउँ  घुम्नुपर्ने र परिवर्तन गर्नुपर्ने हुन्छ ।

    जसले गर्दा तपाईं कुनै पनि ठाउँलाई आनन्दले एक्सप्लोर गर्न सक्नुहुन्न । यताउता भागेर नै समय बित्छ ।

    प्रायः एक्लो यात्रा भनेको ढिलो घुम्ने, आनन्द लिने तथा मनलाई शान्त बनाउने खालका हुन्छन् । यो बुझ्न जरुरी छ कि, एउटै समयमा धेरैतिर भ्याउन सम्भव हुँदैन ।

    प्लान बी
    सधैं सोंचेजस्तो नहुनु पनि सक्छ । त्यसैले घुम्ने योजना बनाउँदा सधैं प्लान बी अर्थात् अर्को योजना पनि सँगै बनाइराख्नुहोस् ।

    यदि तपाईंको मुख्य योजना केही कारणले सफल हुन सकेन त्यहाँ जान पाउनुभएन वा सक्नुभएन भने दोस्रो योजनामा तपाईं घुम्न सक्नुहुन्छ ।

    यसो गरेमा तपाईंले घुम्नका लागि निकालेको समय पनि खेर जाँदैन । साथै पैसा पनि खेर जाँदैन । एक ठाउँ नभए अर्को ठाउँमा घुम्न सकिन्छ ।

    यात्राको बजेट
    एक्लो यात्राको मतलव कम खर्च हुने भन्ने हुँदैन । त्यसैले जहिले पनि तपाईं एक्लै बाहिर घुम्न जाने सोंच्नुहुन्छ बजेटको योजना पनि बनाउनै पर्दछ ।

    साथै अप्ठेरोमा तपाईंलाई सहयोग गर्ने कोही उपलब्ध नहुन पनि सक्छ त्यसैले अलिकति धेरै खर्चको व्यवस्थापन गरेर हिँडेको राम्रो हुन्छ ।

    सुरक्षित बसाईजब तपाईं एक्लै बाहिर यात्रामा निस्कनुहुन्छ सुरक्षित बसाई पनि एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले पहिले नै अध्ययन गरी आफू सुरक्षित बस्न सकिने स्थान तथा होटेल आदिका बारेमा बुझ्नु बुद्धिमानी हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ