आइतबार, मंसिर ९ गते २०८१

आँखाको कालो घेरा कम गर्न के खाने ?

आँखाको कालो घेरा कम गर्न के खाने ?

अखबार दैनिक
बुधबार, फागुन २४ २०७९
  • आँखाको कालो घेरा कम गर्न के खाने ?

    तपाईंको अनुहार जति नै सुन्दर होस्, यदी आँखाको तल्लो भागमा कालो घेरा छ भने अनुहारको सबै सुन्दरता हराउँछ ।

    images

    एजेन्सी । तपाईंको अनुहार जति नै सुन्दर होस्, यदी आँखाको तल्लो भागमा कालो घेरा छ भने अनुहारको सबै सुन्दरता हराउँछ ।

    डार्क सर्कलले तपाईंको सुन्दरतामा दाग त लगाउँछ नै अनुहार हेर्दा पनि तपाईं विमारी जस्तो देखिनुहुन्छ । त्यसैले आज यहाँ जानौं डार्क सर्कल हटाउनका लागि कुन कुन चिजलाई तपाईं आफ्नो खानपिनमा समावेश गर्न सक्नुहुन्छ ।

    टमाटरमा भिटामिन के, भिटामिन सी, पोटाशियम र एन्टीअक्सीडेन्ट जस्ता गुणहरु भरपूर मात्रामा पाइन्छ । जसले कालो घेरालाई कम गर्ने काम गर्दछ ।

    काँक्रा
    काँक्रामा यस्तो पोषक तत्व हुन्छ जसले तपाईंलाई हाइड्रेट राख्ने काम गर्छ । दिनहुँ यसको सेवनले आँखाको कालो घेरालाई पनि कम गर्न मद्दत गर्दछ ।
    ब्लुबेरीब्लुबेरीमा ओमेगा ३, भिटामिन सि जस्ता तत्वहरु पाइन्छन् । जसले छालाको चमकलाई बढाउने काम गर्छ र कालो घेरालाई पनि कम गर्न मद्दत गर्दछ ।

    हरियो सागसब्जी
    आँखाको तलको कालो घेरालाई कम गर्न खानपानमा सागसब्जीलाई समावेश गर्नु पर्दछ । हरियो पात भएका खानेकुराहरु खाँदा अनुहारको छाला पनि चम्किलो हुँदै जान्छ । साथै यो आँखाका लागि पनि राम्रो हुन्छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार