बिहीबार , असोज ३ गते २०८१

नेपाली क्रिकेट टोली युएईबाट साँझ आइपुग्दै

नेपाली क्रिकेट टोली युएईबाट साँझ आइपुग्दै

अखबार दैनिक
मंगलबार, फागुन २३ २०७९
  • नेपाली क्रिकेट टोली युएईबाट साँझ आइपुग्दै

    काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर नेपाली टोली आज (मंगलबार) साँझ स्वदेश फर्कँदैछ।

    images

    दुबईमा भएका चारमध्ये तीन खेल जितेको नेपाली टोली आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

    ३२ खेलबाट ३२ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । अब बाँकी ४ वटा खेल नेपालले घरेलु मैदानमै खेल्नेछ। दुई खेल युएई र दुई खेल पिएनजीविरुद्ध नेपालले किर्तिपुर मैदानमै खेल्नेछ। 

    खेलहरू आगामी बिहीबारदेखि सुरु हुनेछ । बिहीबार पहिलो खेलमा नेपालले पिएनजीसँग खेल्ने तालिका छ। 

    नेपालले लिग टूमा खेल्न बाँकी ४ मध्ये सबै खेल जित्न सके सिधै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउने छ । शीर्ष तीनभित्र पर्न नसके क्वालिफायर खेल्नुपर्ने छ । एकदिवसीय मान्यताका लागि बाँकी ४ मध्ये २ खेल जिते पुग्छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ