काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले घटेको छ ।
आइतबार एक लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार एक लाख दुई हजार पाँच सय रूपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ । आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।