शुक्रबार, मंसिर १४ गते २०८१

मेसीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

मेसीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

अखबार दैनिक
शुक्रबार, फागुन १९ २०७९
  • मेसीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

    सशस्त्र समूहले अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीलाई आक्रमणको धम्की दिएको छ। साथै उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन्।​

    images

    मेसीकी श्रीमती एन्तोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित उनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरिएको थियो। आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेसीलाई आक्रमणको धम्की दिइएको छ। बुनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ।​ मेसीको ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा ‘मेसी! हामी तिमीलाई पर्खिरहेका छौँ, जाभकिन पनि लागुऔषध तस्कर हो। त्यसले तिम्रो ख्याल गर्दैन’ भनिएको छ।

    रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषध सम्बन्धी हिंसा रोक्न असफल भएको भन्दै संघीय अधिकारीहरूको आलोचना गरेका छन्।​ मेसीलाई धेरै अर्जेन्टिनीले महान् फुटबल खेलाडीका रूपमा सम्मान गर्छन्। छत्तीस वर्षपछि उनको नेतृत्वमा अर्जेन्टिनी राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ।

    मेसी हाल पेरिस सेन्ट-जर्मेनबाट खेलिरहेका छन्। धेरै समय उनी विदेशमै बिताउँछन्। यद्यपि उनी रोजारियो पनि जाने गर्छन्। फ्युनेसको उपनगरमा उनको घर छ। फ्रान्सेली टोलीले बिहीबार बिहान मेसीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीले गरिरहेको र प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन्। मेसीका ससुरालीले पनि यो प्रकारको धम्की  पहिलोपटक पाएको बताएका छन्।​

    सान्ता फे प्रान्तका न्यायमन्त्री सेलिया एरेनाले समाजमा आतङ्क मच्चाउन माफिया समूहले उक्त आक्रमण गरेको बताएकी छन्। उनले यो आक्रमणको उद्देश्य आपराधिक हिंसाविरुद्ध लडिरहेकाहरूलाई निरुत्साहित गर्न भएको सामाजिक सञ्जालमा लेखेकी छन्।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ