बिहीबार , असोज ३ गते २०८१

लिग–२ : नेपाल पीएनजीविरुद्ध बलिङ गर्दैँ

लिग–२ : नेपाल पीएनजीविरुद्ध बलिङ गर्दैँ

अखबार दैनिक
शुक्रबार, फागुन १९ २०७९
  • लिग–२ : नेपाल पीएनजीविरुद्ध बलिङ गर्दैँ

    विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्यूगिनी पीएनजीविरुद्ध बलिङ गर्ने भएको छ। यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने खेलमा पीएनजीले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

    images

    जारी सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको थियो। एकदिवसीय मान्यता जोगाउन नेपालले आजको खेलमा जित निकाल्नैपर्ने हुन्छ।


    आजको खेलमा जित निकाल्न सकेमा नेपालले लिग–२ मा ४ खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सक्ने छ। लिग–२ मा नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौँ स्थानमा छ। पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अङ्क तालिकाको पुछारमा रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ