बिहीबार , कात्तिक २२ गते २०८१

मिथिलाञ्चलमा सुरु भयो होली

मिथिलाञ्चलमा सुरु भयो होली

अखबार दैनिक
मंगलबार, फागुन १६ २०७९
  • मिथिलाञ्चलमा सुरु भयो होली

    काठमाडौं। मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौं दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोली र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाई होली पर्व थालिएको हो ।

    images
    Holi-01-a63575dc03ed467f8922efe3992a40601677472532.jpg
    holi

    परिक्रमामा सहभागी हजारौं साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका थिए ।यो सँगै मिथिलाञ्चलको गाउँ-गाउँ तथा घर-घरमा पनि आज रङ अबीरको प्रयोग सुरु भएको छ । यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँ-गाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यंग्यात्मक कविता तथा चुट्किला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ ।

    Holi.jpg
    holi

    पौराणिक कालमा भगवान् रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ । मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् । परिक्रमाकै क्रममा आज बिहानको समयमा भगवान्ले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्रीले पर्व मनाएका हुन् ।

    holi-2.jpg
    holi

    धनुषाको हनुमानगढीमा गत सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमा यात्री जम्मा भई मङ्गलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ । -रासस

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार