काठमाडौं– दिवंगत कलाकार बिएस राणाका परिवारका सदस्यले उपचार पाएका छन् । नेपाल स्नेही काख नामक संस्थाले सोमबा राति उनीहरुलाई उद्धार गरेर उपचार थालेको हो ।
राणाकी धर्मपत्नी तथा कान्छी छोरीमा मानसिक समस्या देखिएको छ । श्रीमतीमा कलाकार राणाको निधनपछि डिप्रेसनको समस्या देखिएको थियो । छोरी भने सानैदेखि सुस्त मनस्थितिको समस्याले ग्रस्त थिइन् ।
उनीहरुको उपचारमा अभिनेता सबिन श्रेष्ठ, अमेरिकामा रहेका निर्देशक सुरेश दर्पण पोखरेल लगायतका कलाकारले समेत सक्रियता देखाएका छन् । अभिनेत्री सुरक्षा पन्तले पनि आफूले सकेको सहयोग गर्ने वचन दिएकी छिन् । खाना खानकै लागि तड्पिरहेको अग्रज कलाकारको परिवारले अन्ततः उपचार पाएको हो ।