बुधबार, मंसिर १२ गते २०८१

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

अखबार दैनिक
सोमबार, फागुन १५ २०७९
  • बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

    १५ फागुन, काठमाडौं । काठमाडौंको बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

    images
    333987645_887470325822622_3715694713932649282_n.png

    फागुन शुक्ल अष्टमीका दिन ठड्याइने चीर उठाएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

    333968238_5893498700705633_1239149679196663931_n.png

    आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

    333909710_1907168352971851_7844063192379714263_n.png

    यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।

    333705076_1106402297422454_4573162069943333021_n.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार