आइतबार, मंसिर ९ गते २०८१

प्रोटिनले भरिपूर्ण शाकाहारी खाना

प्रोटिनले भरिपूर्ण शाकाहारी खाना

अखबार दैनिक
शुक्रबार, फागुन १२ २०७९
  • प्रोटिनले भरिपूर्ण शाकाहारी खाना

    एजेन्सी । माछा मासुमा मात्र धेरै प्रोटिनको मात्रा पाइन्छ भन्ने कुरा भ्रम हो । हामीले शाकाहारी खानाबाट पनि भरपूर मात्रामा प्रोटिन पाउन सक्छौं । प्रोटिनले भरिपूर्ण खानाहरुका बारेमा जानौं ।

    images

    चना : चनामा पाइने पोषक तत्व केही फरक प्रकारका हुन्छन् । २०० ग्राम उमालेको चनामा ७२९ क्यालोरिज हुन्छ । यसमा ६७ प्रतिशत काब्र्स हुन्छ बाँकी प्रोटिन र फ्याट । एक कप चना खाँदा तपाईंलाई ४० प्रतिशत फाइबर, ७० प्रतिशत फोलेट तथा २२ प्रतिशत आइरन प्राप्त हुन्छ ।

     

    दुध : यदि तपाईंले दिनहुँ दुध पिउनुभयो भने प्रोटिनको राम्रो मात्रा पाइन्छ । दुध प्रोटिनसँगै क्याल्सियमले पनि भरिएको हुन्छ । जसले हड्डी, दाँत, रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउने काम गर्छ । साथै छालामा चमक ल्याउन पनि सहयोग गर्छ ।


    पनीर : पनीरमा केसिएनको राम्रो मात्रा हुन्छ जो एक प्रकारको ढिला पच्ने प्रोटिन हो । यसमा क्याल्शियमको स्तर उच्च हुन्छ जसले तपाईंलाई लामो समयसम्म भोक लाग्न दिँदैन र फ्याटलाई छिटो बर्न गर्ने काम गर्छ ।

    बीज : तील, सूर्यमुखी, फर्सी लगायतका बीज पनि प्रोटिनले भरिपूर्ण हुन्छन् । यसलाई सलाद तथा राइतामा प्रयोग गरेर खान सकिन्छ ।

    मटर : मटरको तरकारी पनि प्रोटिनले भरिपूर्ण हुन्छ । मटरलाई कुनै पनि पकवानमा समावेश गर्न सजिलो हुन्छ । शाकाहारी व्यक्तिले यसलाई सेवन गर्दा प्रोटिनको मात्रा पूरा हुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार