बुधबार, मंसिर १२ गते २०८१

विस्तारित चक्रपथमा सवारी सञ्चालनको नयाँ नियम

विस्तारित चक्रपथमा सवारी सञ्चालनको नयाँ नियम

अखबार दैनिक
बिहीबार , फागुन ११ २०७९
  • विस्तारित चक्रपथमा सवारी सञ्चालनको नयाँ नियम

    ११ फागुन, काठमाडौं । ट्राफिक प्रहरीले ललितपुर ग्वार्को चोकमा ओभरपास निर्माणको सहजीकरणका लागि भन्दै स्तिारित चक्रपथमा सवारी सञ्चालनमा नयाँ नियम ल्याएको छ ।

    images

    पिक आवरको समयमा विहान ८ बजेदेखि ११  बजेसम्म र अपरान्ह ४ बजेदेखि ८ बजेसम्म मालवाहक ठूला तथा साना सवारी साधनहरूले बालकुमारी देखि ग्वार्को र सातदोवाटोदेखि ग्वार्को सडकको प्रयोग गर्न नपाउने भएका छन् ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ । स्कुल बसहरू विहान ९ बजेभित्र ग्वार्को आइसक्नुपर्ने र ग्वार्कोबाट अपरान्ह ४ बजेभित्र बाहिरिनु पर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

    सडक विभागले ठेक्का लगाएपछि सडकमै काम सुरु भएको छ । त्यसले ट्राफिक व्यवस्थापन जटिल भएपछि विस्तारित रिंगरोडमा सवारी सञ्चाालनको नयाँ नियम ल्याइएको हो ।


    त्यसैगरी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी-कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर प्रति घण्टा र सर्भिस ट्रयाकमा २० किलोमिटर प्रति गति तोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    कोटेश्वर-भक्तपुर सडक खण्डमा पनि ५० किलोमिटर प्रति घण्टाको सीमा तोकिएको छ । ‘उपत्यकाको विभिन्न स्थानमा आवश्यकताअनुसार गति सीमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरू समेत राखिएको व्यहोरा अनुरोध गरिएको छ,’ ट्राफिकले भनेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार