बुधबार, मंसिर १२ गते २०८१

पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

अखबार दैनिक
बिहीबार , फागुन ११ २०७९
  • पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

    काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने भएको छ। गत पुस १७ गतेबाट आन्तरिक उडान सुरु गरेको विमानस्थलमा आइएफआर प्रणाली आजदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ।

    images

    विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको भन्दै प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने विमानस्थलका प्रमुख विक्रम गौतमले बताए।

    एआइपी प्रकाशन भएको आज ४२ दिन पुग्दैछ। हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीबाट दिउँसो मात्र जहाजको उडान अवतण हुँदै आएको छ। आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिएफआरको तुलनामा सुरक्षितसमेत रहेको बताइन्छ।

    विमानस्थल रात्रिकालीन उडानका लागि योग्य भएसँगै निजी क्षेत्रका हवाई कम्पनीले रात्रिकालीन उडानको समेत तयारी थालेका छन्। बुद्ध एयरले आगामी फागुन २५ देखि रात्रिकालीन उडानको तयारी गरेको छ। बुद्धका चारवटा जहाज रातिको समयमा पोखरा विमानस्थलमा रहनेछन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार