बुधबार, मंसिर १२ गते २०८१

विराटनगरका आठ ठाउँमा ट्राफिक लाइट जडान गरिँदै

विराटनगरका आठ ठाउँमा ट्राफिक लाइट जडान गरिँदै

अखबार दैनिक
बुधबार, फागुन १० २०७९
  • विराटनगरका आठ ठाउँमा ट्राफिक लाइट जडान गरिँदै

    विराटनगर : विराटनगरको मुख्य राजमार्ग र बजार क्षेत्रमा आठ ठाउँमा ट्राफिक लाइट जडान गरिने भएको छ।

    images

    ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यका साथ  विराटनगरका मुख्य राजमार्ग र बजार क्षेत्रका आठ ठाउँमा ट्राफिक लाइट जडान गरिने भएको हो।

    रोडशेष चौकदेखि राजवंशी चौकसम्मको क्षेत्रमा पाँच ठाउँमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अघि बढेको छ। यस्तै ६ लेन सडक आयोजना इटहरीले ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढाएको  छ। बजार क्षेत्रको ट्राफिकचौकदेखि तीनपैनीसम्म तीन ठाउँमा  विराटनगर महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीका अनुसार ६ लेन सडक आयोजनाले मुख्य राजमार्गअन्तर्गत रोडशेष, घाँसचौक, बरगाछी, कञ्चनबारी र राजवंशी चौकमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अघि बढाइसकेको छ। महानगरले जलजलाचौक, तीनपैनी र अर्को एक ठाउँमा ट्राफिक लाइट जडान गर्ने तयारी गरिरहेको छ।

    दुई ठाउँमा जडान गर्ने निश्चित भए पनि अर्को एक ठाउँ ट्राफिक चौक वा अस्पताल चौक भन्ने यकिन हुन सकेको छैन। तत्कालको आवश्यकता ट्राफिक चौक भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने माग गरिएको ट्राफिक प्रमुख कार्कीले बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार