बुधबार, मंसिर १२ गते २०८१

चरा ठोक्किएको भिडिओ आएपछि बुद्ध एअरले भन्यो- अरु नै कारणले चरा झर्‍यो

चरा ठोक्किएको भिडिओ आएपछि बुद्ध एअरले भन्यो- अरु नै कारणले चरा झर्‍यो

‘जहाजमा चराको रगत, प्वाँख, र दाग केही लागेको छैन। चरा खसेको स्थानमा पुगेर पनि हेर्‍यौं। चरा जहाजको नजिकै आउँदा ध्वनि र हावाको वेगका कारण जहाजमा नछोइकन तल झरेको हुनसक्ने अनुमान छ’’ बुद्ध एअरका जनसम्पर्क अधिकृत रूपक जोशीले भने।

अखबार दैनिक
बुधबार, फागुन १० २०७९
  • चरा ठोक्किएको भिडिओ आएपछि बुद्ध एअरले भन्यो- अरु नै कारणले चरा झर्‍यो

    काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुन लागेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि बुद्ध एअरले कुनै जहाजमा ठोक्किएको नदेखिएको बताएको छ।

    images

    सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ सोमबारको भएको बुद्ध एयरले बताउँदै नठोक्किएरै चरा झरेको हुनसक्ने बताएको छ। ‘जहाजमा चराको रगत, प्वाँख, र दाग केही लागेको छैन। चरा खसेको स्थानमा पुगेर पनि हेर्‍यौं। चरा जहाजको नजिकै आउँदा ध्वनि र हावाको वेगका कारण जहाजमा नछोइकन तल झरेको हुनसक्ने अनुमान छ’’ बुद्ध एअरका जनसम्पर्क अधिकृत रूपक जोशीले भने।

    बुद्धको जहाजमा चरा ठोक्किएको भिडिओ भाइरल (भिडिओसहित)

    यद्यपि विमानस्थल नजिकै यस्तो गतिविधिले उडान सुरक्षामा गम्भीर असर पुग्ने उनले बताए। सामाजिक सञ्जालमा भाइरल भिडिओमा भने जहाज उड्दै गर्दा दुई वटा चरा तल झरेको देखिन्छ।

    विमानस्थल वरपर हुने फोहोर र मासुजन्य परिकारको प्रयोगले पनि जहाजमा चरा ठोक्किने घटना निम्तिने गरेको छ। विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवामा चरा ठोक्किएको घटनाबाट उडानमा चुनौती भएको भन्दै दुर्घटनाको जोखिम बढेको विज्ञहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार