सोमबार, भदौ ३१ गते २०८१

फिल्म ‘भोला’को पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक

फिल्म ‘भोला’को पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक

अखबार दैनिक
मंगलबार, फागुन ९ २०७९
  • फिल्म ‘भोला’को पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक
     

    फागुन काठमाडौँ। भारतीय फिल्म भोलाको पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक भएको छ । फिल्म’ दृश्यम २’ को सफलतापछि भारतीय अभिनेता अजय देवगन फिल्म भोला लिएर आउँदैछन् । फिल्मको टिजर र ट्रेलरले दर्शकको उत्साह बढाएको थियो ।

    images

    यसैबीच, अजयले फिल्मको पहिलो गीत ‘नजर लग जायगी’ सार्वजनिक गरेका छन् । गीतमा अजय दक्षिण भारतीय अभिनेत्री अमला पललाई प्रेममा देखाइएको छ । अमलाको लुक सार्वजनिक भएको यो पहिलो पटक हो । गीतले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    फिल्म पूर्ण रूपमा एक्शनले भरिपूर्ण फिल्म हो । जसमा अजयले दमदार एक्सन गरेका छन् र यो फिल्मलाई अजय आफैंले निर्देशन गरेका हुन् । यो फिल्म तमिल फिल्म ‘कैथी’ को रिमेक हो । अजयको निर्देशनमा बन्न लागेको यो चौथो फिल्म हो । यसअघि अजयले ‘यू मी और हम’, ‘शिवाय’ र ‘रनवे ३४’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

    फिल्ममा अजय र अमलाका अलवा तब्बु, दीपक डोबरियाल र शरद केलकर पनि महत्वपूर्ण भूमिकामा रहेको छ । फिल्म मार्च ३०, २०२३ मा हलमा रिलिज हुनेछ। एजेन्सी ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ