मंगलबार, जेठ ८ गते २०८१

झमक घिमिरेका तीन मुक्तक

झमक घिमिरेका तीन मुक्तक

अखबार दैनिक
सोमबार, फागुन ८ २०७९
  • झमक घिमिरेका तीन मुक्तक

     

    images

    तीन मुक्तक

                     
    भो चपाएर कुरा नगर जल्छ जिन्दगी
    जसरी पनि सहजसँग चल्छ जिन्दगी
    अनेक अल्झनबाट उन्मुक्त  पार आफैं
    जस्तै जंघारभित्र पनि फल्छ जिन्दगी ।


    मन खोली देखाउने ऊ एउटा यार भयो
    दुःख, सुख साट्दै जाँदा उसँग प्यार भयो
    धड्कनभित्र धड्किरन्छ जिन्दगीको चाला
    संँगै हाँसो, खुसी बाँड्ने जिन्दगीको सार भयो ।


                       
    किन पछि हट्छ्यौ अरु नजिक आऊ तिमी
    मेरो अन्तस्करणको दैलो खोली जाऊ तिमी
    कुनै घात छैन, तिम्रो मन डस्ने कुनै बात छैन
    प्रेमपुरको बाटो भेट्न सधैं सधै आऊ तिमी ।              

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार