सोमबार, भदौ ३१ गते २०८१

दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

अखबार दैनिक
बुधबार, फागुन ३ २०७९
  • दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा
     

    दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

    images

    काठमाडौं । बैशाख १ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को आधिकारिक टिजर सार्वजनिक भएको छ । जारीप्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय छ ।

    लिम्बु समुदायमा गाइने पालामलार्ई चित्रण गर्दै गरेका रोयदीपलाई टिजरमा न्यारेटरको रुपमा प्रस्तुत गरिएको छ । उनले काव्यशैलीमा सम्बन्धको उतारचढाव र छोरी मान्छे कसरी जालमा पर्छे भन्ने कुरालाई विम्वपरक रुपमा भनेका छन् ।

    पूर्वी नेपालको भूगोल र लिम्बु समुदायको संस्कृतिलाई टिजरमा समय र सन्दर्भको रुपमा प्रस्तुत गरिएको छ । टिजरमा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् तर कथा अघि बढ्दै जाँदा उनीहरुमा दरार आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् ।

    ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, कमलमणी नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङ लगायतको पनि अभिनय छ ।

    हेर्नूस टिजर :

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ