शुक्रबार, मंसिर १४ गते २०८१

भारतीय मुलकी निक्की हेलीले गरिन् अमेरिकी राष्ट्रपति उम्मेदवारको घोषणा

भारतीय मुलकी निक्की हेलीले गरिन् अमेरिकी राष्ट्रपति उम्मेदवारको घोषणा

अखबार दैनिक
बुधबार, फागुन ३ २०७९
  • भारतीय मुलकी निक्की हेलीले गरिन् अमेरिकी राष्ट्रपति उम्मेदवारको घोषणा

    काठमाडौं : रिपब्लिकन पार्टीकी साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छन्। 

    images

    सोही पार्टीका तर्फबाट करिब तीन महिना अघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवार हुने औपचारिक घोषणा गरिसकेका छन्। मंगलबार आयोजित कार्यक्रममा ५१ वर्षीया हेलीले वाशिंटन बारम्वार अनुत्तीर्ण भइरहेको बताइन। 

    हेलीको खास नाम निम्रता निक्की रान्धवा हेली हो। हेली भारतीय सिख सम्प्रदायका अजित सिंह रान्धवा र राजकौर रान्धवाकी पुत्री हुन्। उनको जन्म साउथ क्यारोलिनमा भएको हो र उनले २४ वर्षको उमेरमा माइकल हेलीसँग विवाह गरेकी थिइन्। र, उनले क्रिष्चियन धर्म अँगालेकी छन्। 

    हेलीले साउथ क्यारोलिनाको क्लिम्सन कलेजबाट स्नातकोत्तर गरेकी छन्।  सन् २००४ देखि राजनीतिमा आएकी हेलीले सन् २०१७ मा संयुक्त राष्ट्र संघको राजदूत पद पनि सम्हालीसकेकी छन्।  सन् २०१० मा गभर्नर निर्वाचित हुँदा उनी अमेरिकाको इतिहासमा नै सबैभन्दा कम उमेरकी गभर्नर बनेकी थिइन्।  

    नागरिक अधिकारका लागि संघर्षरत हेलीसँग विभिन्न वाणिज्य संघहरुमा रहेर काम गरेको लामो अनुभव छ। यो घोषणाको केही समयपछि नै फ्लोरिडाका गभर्नर डि सान्टिस र पूर्व उपराष्ट्रपति माइक पेन्स, परराष्ट्र मन्त्री माइक पम्पेओले पनि उम्मेदवार घोषणा गर्ने चर्चा चुलिएको छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार