बुधबार, मंसिर १२ गते २०८१

तोडफोड भएपछि ल्होत्से मलस्थित आईएनआई सिनेमा हल आज बन्द, १५ लाखको क्षति

तोडफोड भएपछि ल्होत्से मलस्थित आईएनआई सिनेमा हल आज बन्द, १५ लाखको क्षति

अखबार दैनिक
मंगलबार, फागुन २ २०७९
  • तोडफोड भएपछि ल्होत्से मलस्थित आईएनआई सिनेमा हल आज बन्द, १५ लाखको क्षति

    काठमाडौं । यातायात मजदुरको आन्दोलनमा क्रममा हलको भौतिक संरचनामा क्षति पुगेपछि मुलुकको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगबुस्थित ल्होत्से मल्टिप्लेक्स फिल्म हल आज (मंगलबा) बन्द गर्ने भएको छ ।

    images

    हल सञ्चालक सुरेन्द्र थापाले तोडफोडबाट पुगेको क्षतिबारे मुचुल्का र बीमाबारेका केही कागजात तयार पार्नका लागि मंगलबारलाई हल बन्द रहने जानकारी दिए । हलले मंगलबारका शोहरु सार्वजनिक गरेको छैन । उनका अनुसार हलको काउन्टरमा प्रवेश गरी उत्तेजक भीडले सिसा, माइक, लेड टेलिभिजनदेखि अन्य संरचनामा क्षति पुर्‍याएका थिए । १५ लाखभन्दा बढीको क्षति पुगेको जानकारी थापाले दिए ।

    सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियोमा ल्होत्से मलको मोबाइल पसल लुटिएकोदेखि हलको संरचनामा क्षति पुगेका दृश्य देख्न सकिन्छ । ‘आजलाई प्रहरी मुचुल्कादेखि बीमाबारेका केही कागजात तयार गर्नुपर्ने भएकाले बन्द गर्छौं,’ थापाले अनलाइनखबरसँग भने ।


    यातायात जरिवानाबारेका केही माग लिएर यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए । त्यसक्रममा बालाजु र माछापोखरी क्षेत्र तनावग्रस्त बन्यो । सरकारले माग पूरा गर्ने भएपछि मजदुरले यातायात बन्द फिर्ता लिएका छन् ।

    मंगलबार बिहान सार्वजनिक सवारी बन्द भएपछि काठमाडौं उपत्यकास्थित सिनेमा हलहरु सुनसान रहे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार