बुधबार, मंसिर १२ गते २०८१

आन्दोलित यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता जारी

आन्दोलित यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता जारी

अखबार दैनिक
मंगलबार, फागुन २ २०७९
  • आन्दोलित यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता जारी

    २ फागुन, काठमाडौं । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।

    images

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको छ । वार्ता ट्राफिक जरिवाना र आन्दोलन फिर्ता गर्ने विषयमा केन्द्रित भएको छ । विभिन्न माग राखेका यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड गरेका थिए ।

    सोमबार आन्दोलनकारीले बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका छन् । यातायात मजदुरले आज पनि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार