बुधबार, मंसिर १२ गते २०८१

नेपालले भूकम्पप्रभावित टर्कीमा पठायो सहयोग सामग्री

नेपालले भूकम्पप्रभावित टर्कीमा पठायो सहयोग सामग्री

अखबार दैनिक
सोमबार, फागुन १ २०७९
  • नेपालले भूकम्पप्रभावित टर्कीमा पठायो सहयोग सामग्री

    काठमाडौँ — गत सोमबार टर्कीमा गएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा नेपालले २२ टनभन्दा बढी अत्यावश्यक सहयोग सामग्री पठाएको छ । नेपालले सोमबार औषधि, मेडिकल सामग्री, न्यानो कपडा र  आवश्यक अन्य सामग्री पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    images

    प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आकस्मिक बैठकले टर्कीमा मेडिकल उपकरणहरुसहित मेडिकल रेस्पोन्स टिम एवं न्यानो लत्ताकपडा सहितका अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको थियो । तर टर्कीले रेस्पोन्स टोली नचाहिने उल्लेख गरेपछि आवश्यक सामग्री मात्र पठाएको हो ।

    २०७२ सालको भूकम्पका बेला नेपाललाई टर्की सरकारले सहयोग गरेको थियो । नेपालमा भूकम्प गएलगत्तै टर्की सरकारले खोज तथा उद्धार एवं मेडिकल रेस्पोन्स टिम पठाएको थियो । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट सोमबारसम्म ३४ हजारभन्दा बढीको ज्यान गएको छ ।

    परराष्ट्रमन्त्री विमला राई पौड्यालले बुधबार टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार