बुधबार, मंसिर १२ गते २०८१

महालक्ष्मी नगरपालिकामा सडक ढलानको कार्य शुभारम्भ भएको छ : ललितपुर

महालक्ष्मी नगरपालिकामा सडक ढलानको कार्य शुभारम्भ भएको छ : ललितपुर

अखबार दैनिक
सोमबार, फागुन १ २०७९
  • महालक्ष्मी नगरपालिकामा सडक ढलानको कार्य शुभारम्भ भएको छ : ललितपुर

    फागुन १ ललितपुर । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्वर ४, स्वसतिक टोलमा  शहरि विकास मन्त्रालय अन्तर्गत जिल्ला आयुक्तको कार्यलय ललितपुर  मार्फत सडक ढलानको कार्य शुभारम्भ भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि एवं महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले ढलान कार्यको शुभारम्भ गर्दै, आफु नगरवासीको विकास निर्माण कार्यको उत्तकट चाहाना परिपूर्ति गर्न जनप्रतिनिधिका रुपमा निर्वाचित भय पनि नगरपालिकाको सिमित बजेट र जन अपेक्षा उच्च भई रहेको वर्तमान सन्दर्भमा, स्वसतिक टोल विकास संस्थाले राज्यका विभिन्न निकायहरुसंग समन्वय गरेर विकास निर्माणलाई जुन गतिमा अघि बढाई रहेकोछ यो अत्यन्त अनुकरणिय कार्यको रुपमा स्मरण गर्दै स्वसतिक टोल विकास संस्था प्रती धन्यबाद व्यक्त गर्नुभयो । साथै  उपमेयर महर्जनले स्वसतिक टोलमा बाकीं रहेका विभिन्न भौतिक निर्माणका कार्यका लागि नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    images

    उक्त कार्यक्रमका विशिष्ट अतिथी एवं महालक्ष्मी नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष अमृत खत्रीले विद्यमान  स्वसतिक टोल क्षेत्र केही समय अगाडीसम्म गुणात्मक मानववस्तीका लागि त्यति उपयूक्त नदेखीएता पनि हाल वडाको नमूना वस्तिकारुपमा विकास भई रहेको र यसको सम्पुर्ण जस स्वसतिक टोलविकास सस्थालाई जाने भन्दै सम्पुर्ण टोलवासीप्रती कृतज्ञता व्यक्त गरे ।

    उक्त कार्यक्रमका अतिथि एवं जिल्ला आयुक्तको कार्यलय ललितपुरका ईन्जीनियर शम्भु मण्डलले उक्त आयोजनालाई अत्यन्त उच्च गुणस्तरको एवं निर्धारित समयमै सम्पन्न गर्न आयुक्तको कार्यलयले प्रभाबकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।


    संस्थाका अध्यक्ष एवं उक्त कार्यक्रमका सभापति बालसिंह पोखरेलले भौतिक पुर्वाधार निर्माण कार्य एवं वजेट विनियोजनमा योगदान दिनुहुने राज्यका विभिन्न निकायहरुलाई कृतज्ञता व्यक्त गर्दै टोल विकास सस्थाले आधारभूत भौतिक पुर्वाधार निर्माणका कार्य यसै आर्थिक वर्ष भित्र सम्पादन गर्ने प्रतिबद्धताकासाथै सम्पुर्ण टोलवासीहरुलाई समुन्नत सामाजिक निर्माणमा साथ दिन अनुरोध गरे  ।


    उक्त योजना अन्तर्गत ५२ लाख लागतमा करिव ३०० मिटर सडक रिनार के। एण्ड जे। जेभी कम्पनी मार्फत निर्माण गर्न लागिएको र उक्त योजना निर्धारित समयमै सम्पादन गरिने निर्माण कम्पनीका संचालक एकबहादुर सिलवालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार