सोमबार, भदौ ३१ गते २०८१

रानीको ‘उड्यो मन’मा विन्दास स्मारिका र आभा

रानीको ‘उड्यो मन’मा विन्दास स्मारिका र आभा

अखबार दैनिक
सोमबार, फागुन १ २०७९
  • रानीको ‘उड्यो मन’मा विन्दास स्मारिका र आभा

    गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘उड्यो मन’ सार्वजनिक भएको छ । रानीको अफिसियल युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो ।  यो गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ । गीतले जिन्दगीलाई उडेर, रमाएर जिउन आग्रह गरेको छ । 

    images


    गीतको भाव जस्तै निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले पनि भिडियो तयार पारेका छन । भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ । भिडियोमा उनीहरू, कुनै निसंकोच  तरिकाले आफ्नो जीवन बाँचिरहेको देख्न सकिन्छ । 

    भिडियोमा मान कृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको छायांकन छ । गायिका रानीले यो गीतबाट आफूले युवतीहरूलाई कुनै तनावबिना रमाएर जिन्दगी जिउन आग्रह गरेको बताएकी छिन् । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ