आइतबार, मंसिर ९ गते २०८१

शाहरुखलाई ‘डीडीएलजे’भन्दा ‘पठान’ हेर्न मनपर्छ

शाहरुखलाई ‘डीडीएलजे’भन्दा ‘पठान’ हेर्न मनपर्छ

अखबार दैनिक
सोमबार, फागुन १ २०७९
  • शाहरुखलाई ‘डीडीएलजे’भन्दा ‘पठान’ हेर्न मनपर्छ

    बलिउड सुपरस्टार शाहरुख खानको ५ वर्षपछिको कमब्याक फिल्म ‘पठान’ ब्लकबस्टर बनिसकेको छ । भारतीय बक्सअफिसमा अब ५ सय करोडको आँकडा छुने दौडमा रहेको फिल्मले शाहरुखलाई एक्सन हिरोको रुपमा स्थापित गरेको छ । नभए उनको छवि रोमान्टिक हिरोको थियो । शाहरुखले अब आफूलाई ‘दिलवाले दुल्हनिया ले जाएंगे’भन्दा ‘पठान’ हेर्न मन पर्ने बताएका छन् ।

    images

    यशराज फिल्मस्ले ‘डीडीएलजे’लाई भारतका ३७ शहरमा रि-रिलिज गर्ने भएपछि शाहरुखले ट्विटरमा लेखेका छन्, ‘यति मुश्किलले एक्सन हिरो बनेको छु र तिमीहरु फेरि राजलाई फर्काउन चाहन्छौं । यो कम्पिटिसनले मलाई जिउन नदिने भयो । म त ‘पठान’ नै हेर्न जान्छु । राज त घरको भैहाल्यो नि ।’ भ्यालेनटाइन डे विकको अवसरमा ‘डीडीएलजे’लाई पुनः प्रदर्शनको तयारी गरिएको हो ।

     

    shaharuk khan

    २० अक्टोबर १९९५ मा प्रदर्शन भएको आदित्य चोपडाद्वारा निर्देशित ‘दिलवाले दुल्हनिया ले जाएंगे’ भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म हलमा चल्ने फिल्म हो । मुम्बईको मराठा मन्दिर सिनेमाघरमा यो फिल्म २७ वर्षदेखि चलिरहेको छ । बलिउडको सबैभन्दा आइकनिक फिल्ममध्ये एक मानिएको ‘डीडीएलजे’ले शाहरुख र काजोललाई सुपरस्टारको रुपमा स्थापित गरेको थियो ।

    विगत ७-८ वर्षमा एकपछि अर्को फिल्म फ्लप हुँदा संकटमा परेका शाहरुखलाई ‘पठान’को सफलताले उनीसँगै बलिउडलाई समेत राहत दिएको छ । २ सय ५० करोडको लागतमा बनेको फिल्मले तेस्रो हप्ताको शनिबारसम्म ४ सय ५९ करोड ग्रस कलेक्सन गरेर ऐतिहासिक रेकर्ड बनाएको छ । त्यस्तै, फिल्मले विश्वभरबाट ९ सय करोडको कमाई गरिसकेको ट्रेड एनालिस्टले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार