आइतबार, वैशाख २३ गते २०८१

कसरी बन्द भयो नेपालको एकमात्र टायर कम्पनी गोरखकाली टायर ?

कसरी बन्द भयो नेपालको एकमात्र टायर कम्पनी गोरखकाली टायर ?

अखबार दैनिक
आइतबार, माघ २९ २०७९
  • कसरी बन्द भयो नेपालको एकमात्र टायर कम्पनी गोरखकाली टायर ?

    विगतमा रेडियो तथा टेलिभिजनमा बज्ने गरेको यो लोकप्रिय विज्ञापन अचेलन मिडियामा बज्ने गरेको छ न त गोरखकाली टायर नै उत्पादन हुने गरेको छ । 

    images

    गोरखकाली टायर उद्योग बन्द भएको नै ७ वर्ष पुगेको छ । २०७२ सालदेखि पूर्णरुपमा उत्पादन बन्द भए पनि केही सवारी साधन अझै पनि गोरखकाली टायरमै गुडिरहेका छन् । गुणस्तरको सवालमा विदेशी उद्योगका टायरसँग बलियो रूपमा प्रतिस्पर्धा गर्न सक्ने गोरखकाली टायर अब बजारमा किन्न भने नपाइएको धेरै भइसकेको छ । 

    n1.jpg
    undefined

    यो टायर उत्पादन हुने गरेको गोरखा नगरपालिका वडा नम्बर १३ स्थित मझुवा देउरालीमा रहेको उद्योग परिसर हाल झाडीमा रूपान्तरण भएको छ । उद्योग परिसरभित्र रहेका करोडौँ रुपैयाँ मूल्यका टायर उत्पादन गर्ने मेसिनहरू अलपत्र परेका छन् । प्रयोग नभएका कच्चा सामग्रीहरू असरल्ल छाडिएका छन् । उद्योगका कार्यालय, शौचालय, काम गर्ने स्थल, विभिन्न शाखा उपशाखा सबै खण्डहर अवस्थामा रहेको छ । 

    n2.jpg
    undefined

    उद्योग भित्र तत्कालीन राजा वीरेन्द्रका भनाइहरू रातो रङले ठुलो अक्षरमा लेखिएको छ भने धुलाम्मे भुईँमा पुराना मेसिनहरू अलपत्र अवस्थामा देख्न सकिन्छ । झाडीमा रूपान्तर भएको यो उद्योग परिसमा कालिज, बँदेल लगायतका जङ्गली जनावरले वासस्थान बनाउन थालेको स्थानीय बताउँछन् ।  

    यस्तो छ गोरखकाली उद्योगको सुरुवात र अन्त्यको कहानी 
    गोरखकाली रबर उद्योगको शिलान्यास पञ्चायती शासनकालमै भएको थियो । तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा यो उद्योगको शिलान्यास गरेका थिए भने २०४९ सालदेखि यो उद्योगले व्यावसायिक रूपमा उत्पादन थालेको थियो । सञ्चालनको सुरुमै यो उद्योगमा ४ सय कर्मचारीले रोजगारी पाएका थिए । बन्द हुने समयमा पनि २८२ कर्मचारीले काम गरिरहेका थिए । बन्द हुने बेलामा पनि सीमित रहेका कर्मचारीले पनि पहिलेकै अवस्थामा उत्पादन दिने गरेको सो उद्योगका प्रशासन अधिकृत दिनेश कार्की बताउँछन् ।

    n3.jpg
    undefined

    टायर उत्पादन गर्न लाग्ने जनशक्तिको तुलनामा बढी नै कर्मचारी राख्नु तथा कमजोर व्यवस्थापनका कारण २०७५ सालसम्म आइपुग्दा उद्योग फेज आउट हुने अवस्थामा पुगेको कार्की बताउँछन् । उनी भन्छन्–‘यो उद्योग बन्द हुनुको कारण व्यवस्थापकीय कमजोरी नै मुख्य कारण भएको देखिन्छ । नेपाल सरकारले पनि आवश्यक परेको समयमा ६० देखि ७० करोड रुपैयाँ सहयोग गरेको थियो । सरकारले रकम दिए पनि र बजारमा प्रशस्त सम्भावना भए पनि उद्योग बन्द हुन पुग्यो । सञ्चालनको समयमा केही कमजोरी आए पनि मुख्य कमजोरी चाहिँ व्यवस्थापनकै हो । सरकारले कच्चा पदार्थ आयात गर्न पनि सहयोग गरिरहेको थियो । यस्तो अवस्थामा पनि उद्योग बन्द हुनु व्यवस्थापनको कमजोरी हो ।’

    उद्योगले टायर उत्पादन थालेसँगै राम्रो बजार पाएको थियो । उद्योगले व्यावसायिक उत्पादन गरेर त्यसको बिक्री वितरणको क्षेत्र अझै बढाउने सम्भावना पनि थियो । उद्योग सञ्चालनमा आउँदा ६० प्रतिशत आन्तरिक माग पुरा गर्ने लक्ष्यसहित खोलिएको थियो तर उद्योगले बजारको ३५–४० प्रतिशत मात्रै माग धान्न सकेको कार्की बताउँछन् ।

    n5.jpg
    undefined

     

    २०७२ सालको भूकम्पपछि केही समय उद्योग बन्द भएपछि उद्योगका कर्मचारी बिना काम बसेका थिए । भूकम्पले उद्योगमा क्षति नपुर्‍याए पनि व्यवस्थापनको कमजोरीका कारण उद्योगको काम अघि बढेन । उद्योग नचलेपछि कर्मचारीले नै बिना काम उद्योगमा बस्नुभन्दा केही व्यवस्था गरेर आफूहरूलाई बिदाइ गरिदिन सरकारलाई भनेपछि २०७५ साल माघ ३ गते मन्त्रिपरिषद्को बैठकबाट उद्योगको विनियममा भएको व्यवस्थाअनुसार कर्मचारीलाई थप १ महिनाको सेवा सुविधाको रकम सहित बिदा गर्ने निर्णय गरेको थियो । साथै उद्योग बन्द गर्ने निर्णय पनि गरेको थियो । 

    यसअनुसार २०७७ साल फागुनमा उद्योग मन्त्रालयमार्फत कर्मचारीले पाउने सम्पूर्ण रकम फरक–फरक गरिएको थियो । त्यस समय उद्योगका कर्मचारीलाई सरकारले ९५ करोड रुपैयाँ भुक्तानी गरेको कार्कीले बताए । 

    के फेरि यो उद्योग चलाउन सम्भव छ ? 
    यो उद्योग २०७५ सालदेखि चलेको छैन । धेरै मेसिनहरू बिग्रेको अवस्थामा छ । तर पनि तत्काल मर्मत खर्चका लागि सरकारले २० करोड जति छुट्याउने हो भने उद्योग सञ्चालनमा आउन सक्ने कार्की बताउँछन् । 

    उनले भने–‘अहिले यो उद्योग बायस प्रविधिमा सञ्चालित उद्योग हो । यसले टायर, ट्यूब लगायतका वस्तु उत्पादन गर्दै आइरहेको छ । बायस प्रविधिमा चलाउनका लागि तत्कालै २० करोड भए उद्योग चल्न सक्छ । उद्योगको अन्डरग्राउन्ड स्टिम पाइपलाइनहरु ड्यामेज भइसकेका छन् । यसबाहेक, अन्य केही मेसिन सामान्य अवस्थामा छन् भने केही मेसिन फेर्न पर्ने हुन सक्छ । तर, रेडिएल प्रविधिमा लग्ने हो भने उद्योग पुनः सञ्चालन गर्न १ अर्ब भन्दा धेरै लाग्न सक्छ ।’

    हाल रहेको मेसिन र सोही प्रविधिबाट टायर उत्पादन थाल्ने हो भने २५० हाराहारी कर्मचारी चाहिने र यति जनशक्तिबाट उद्योगले सानाठूला गरी दैनिक ३०० टायर उत्पादन गर्न सक्ने उनले बताए ।  यति कर्मचारी दिनमा दुई सिफ्टमा टायर उत्पादनका लागि काम गर्न पुग्ने अझ दैनिक तीन सिफ्ट टायर उत्पादन गर्ने हो भने केही सङ्ख्यामा कर्मचारी थप्नुपर्ने उनले बताए । 

    n6.jpg
    undefined

    हाल यो उद्योगको सम्पत्ति मेसिन र बिल्डिङ गरी कूल २० करोड रुपैयाँ आसपासको छ । साथै उद्योगको नाममा ५६० भन्दा बढी रोपनी जग्गा पनि छ । अहिलेको अवस्थामा यो जग्गाको मूल्य ५ अर्बभन्दा माथि मूल्याङ्कन हुने कार्कीले बताए । सो क्षेत्र वरिपरि १ रोपनी जग्गाको  मूल्य ४० लाख रुपैयाँ हाराहारी रहेकोले त्यस आधारमा उद्योगसँग ६ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको छ ।

     

    उद्योगले पुनर्जीवन पाउनेमा प्रचण्डप्रति गोरखावासीको आशा 
    गत प्रतिनिधि सभाको निर्वाचनका बेला गोरखा क्षेत्र नम्बर २ मा चुनाव लड्न गएका बखत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखावासीलाई दिएको आश्वासन मध्ये  रबर उद्योग पुन सञ्चालन गर्ने पनि हो । उनले आफूलाई जिताएर पठाएमा पुन सो उद्योगलाई पहिलेकै अवस्थामा सञ्चालन गर्ने र गोरखावासीलाई रोजगारीको अवसर पनि दिने प्रतिबद्धता जनाएका थिए । 

    n3.jpg

    गोरखकाली उद्योग गोरखाको प्रतिष्ठासँग पनि गाँसिएको उद्योग हो । सोही जिल्लाबाट निर्वाचित उम्मेदवार नै प्रधानमन्त्री भएपछि फेरी उद्योग चल्दा धेरै जिल्लावासीले रोजगारीको अवसर पाउने भएकोले फेरी यो उद्योगले पुनर्जीवन पाउला कि भन्ने गोरखावासीको आशा रहेको कार्कीले बताए । 

    उद्योगको भवन तथा अन्य भौतिक संरचना पुन प्रयोग गर्न सकिने र केही प्रविधि र मेसिन थप गर्ने हो भने पुरानै अवस्थामा उद्योग सञ्चालन गर्न सकिने उनी बताउँछन् । तर त्यसका लागि प्रधानमन्त्री र मन्त्रीको इच्छाशक्ति नै मुख्य कुरा हो ।

    n2.jpg 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार