आइतबार, मंसिर ९ गते २०८१

१० वर्षपछि ‘कामिनो’बाट कमब्याक गर्दै राजबल्लभ

१० वर्षपछि ‘कामिनो’बाट कमब्याक गर्दै राजबल्लभ

अखबार दैनिक
आइतबार, माघ २९ २०७९
  • १० वर्षपछि ‘कामिनो’बाट कमब्याक गर्दै राजबल्लभ
     

    एक समय नेपाली फिल्ममा सशक्त उपस्थिति जनाएका अभिनेता राजबल्लभ कोइराला एक दशकदेखि काँचको पर्दामा देखिएका छैनन् । अमेरिकामा बस्दै आएका उनले पछिल्लो पटक २०७० सालमा फिल्म ‘६ एकान ६’मा काम गरेका थिए । अब उनले १० वर्षपछि फिल्म ‘कामिनो’बाट पुनरागमन गर्ने भएका छन् । शनिबार उनी स्वयंले फिल्ममा आफू आबद्ध भएको जानकारी गराए ।

    images

    निर्माण टिमले उनको स्वागतमा तयार पारेको एक पोस्टर फेसबुकमा शेयर गर्दै राजबल्लभले लेखेका छन्, ‘दाई नेपाली चलचित्रमा फेरि कहिले आउनुहुन्छ ? यो वर्ष, ‘कामिनो’सँगै ।’ उनले नेपाल आएर फिल्मको छायांकन गर्न लागेका होइनन् । ब्राजिल र उत्तर अमेरिकाको मेक्सिकोमा उनको भागको छायांकन हुनेछ । उनको कमब्याकलाई लिएर उनका प्रशंसकहरुमा खुसी छाएको छ ।

    राजबल्लभभन्दा अघि फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटी अनुबन्ध भैसकेका छन् । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि निर्माण हुन लागेको फिल्मलाई दीपक वलीले निर्देशन गर्न लागेका हुन् । आगामी चैतबाट छायांकन सुरु हुन लागेको फिल्मका कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् भने पटकथा र संवाद महेश दवाडीको हो ।

    सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने फिल्ममा पूर्ण लामा क्रियटिभ डिरेक्टर र दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनरमा छन् । नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी चारवटा भाषामा रिलिज गर्ने तयारी गरिएको फिल्मका लागि अन्य कलाकार चाँडै छानिने निर्देशक वलीले बताए । स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार