आइतबार, मंसिर ९ गते २०८१

वीरमा पुगेका बिरामी अलमलमा (तस्वीरसहित)

वीरमा पुगेका बिरामी अलमलमा (तस्वीरसहित)

अखबार दैनिक
आइतबार, माघ २९ २०७९
  • वीरमा पुगेका बिरामी अलमलमा (तस्वीरसहित)

    चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि बिरामीहरु मर्कामा परेका छन् । उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले केहीबेर वीर अस्पताल अगाडिको सडकमा प्रदर्शनसमेत गरेका छन् ।

    images

    आज बिहान उपचारका लागि भन्दै वीर अस्पताल पुगेका बिरामी र तिनका आफन्तहरु निराश हुँदै फर्किए । दाङबाट बुवाको उपचारका लागि वीर अस्पताल आएका केशव शर्माले उपचार गराउन नपाएको बताए । ‘डाक्टरको पालो आज आइतबारको दिन थियो, त्यही अनुसार बुवालाई उपचार गराउन आएको तर ओपीडी सेवा बन्द भनेर चेकअप भएन ।’

    330674176_671331441411181_7506117985562768164_n.png
    undefined

    वीर अस्पतालमा आज बिहान पुगेका धेरै बिरामीहरु अलमलमा देखिए । सुरक्षा गार्डहरुले आज ओपीडी सेवा बन्द भएको जानकारी दिंदै बिरामीहरुलाई फर्काएका छन् । ओपीडी सेवा बन्दबारे नेपाल चिकित्सक संघले जारी गरेको विज्ञप्ति वीर अस्पतालको सूचना पाटीमा टाँस गरिएको छ । त्यही सूचना पढ्दै र फोटो खिच्दै बिरामी र उनीहरुका आफन्त घर फर्किएका छन् ।

    330350914_1348280832690743_2364237849000868520_n.png
    undefined

    माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको छ ।

    330077809_723702549322357_4823418928790397488_n.png
    undefined
    330288564_628296275724561_2342340850453840965_n.png
    undefined

    प्रतिक्रिया दिनुहोस

    थप समाचार